नेभिगेशन
नेताका कुरा

कार्यशैली फेर्दै प्रधानमन्त्री शाह, अब राजनीतिक भेटघाट पनि बढाउने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले कार्यशैली परिवर्तन गर्दै लगेका छन् । सरकारको सुरुवाती सय दिनसम्म विरलै भेटघाट तथा छलफल गरेका प्रधानमन्त्री शाहले पछिल्लो समय सरोकारवालासँग भेटघाट तथा छलफल बढाएका छन् । पछिल्ला दिनमा उनले निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर भेटिरहेका छन् । त्यतिमात्रै होइन उनले राजनीतिक भेटघाटसमेत सुरुवात गरेका छन् । 

प्रधानमन्त्री शाहले असार २४ गते निजी क्षेत्रसँग, २५ गते निर्माण व्यवसायी, २६ गते उर्जा उत्पादक, ३० गते विश्वविद्यालयका उपकुलपतिहरु, ३१ गते होटल संघ, ३२ गते महिला उद्यमी, साउन १ गते जुत्ता उद्यमी, ४ गते पुँजी बजार र बीमा सरोकारवाला, ५ गते तयारी पोशाक संघ, ६ गते नेपाल हस्तकला महासंघलाई बोलाएर छलफल गरेका छन् । आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दैछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री शाहले असार ३२ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट राजनीतिक भेटघाट पनि सुरु गरिसकेका छन् । अब अन्य दलका नेताहरुसँग पनि भेट हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले बताए ।

Ncell
Extreme Energy

उनकाअनुसार प्रधानमन्त्री शाहले अब सरोकारवालासँग भेटघाट र सम्वाद बढाउँदै जानेछन् । 'सय दिनसम्म एउटा स्टाटेजी थियो । सय दिनपछि कार्यशैली फेरिँदै छ । स्टेक होल्डरको कुरा सुन्ने सम्वाद गर्ने अलि बढी हुन्छ,' शाहले भने,  'सय दिनको आफ्नो प्राथिमकता थियो । त्यो लक्ष्य भेट्टाउनुपर्ने थियो । बजेटको चाप थियो । यद्यपि आफ्नो तरिकाले भेटघाट भइरहेकै थियो । अब चाहिँ सम्माननीयज्यूले इनपर्सनमा आफ्नै चेम्बरमा सानो सानो ग्रुपलाई भेटेर अभिभावकको रुपमा गुनासो र सुझाव सुन्ने, सम्बोधन गर्नुहुन्छ ।' शाहकाअनुसार प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्र समन्वय इकाइ गठन गरेर निजी क्षेत्रका प्रतिनिधिसँग डेढ दुई महिनामा नियमित बैठक गर्ने तयारी छ । 

सल्लाहकार शाहले अब राजनीतिक भेटघाटहरु पनि क्रमश हुने बताए । 'प्रधानमन्त्रीले नभेट्ने भन्ने होइन । आवश्यक पर्यो भने भेटिन्छ । राप्रपा अध्यक्षलाई बोलाएर भेट्नुभयो । अब अरु पोलिटिकल भेटघाट हुँदै गर्छ । नभेट्ने रणनीति नै छैन,' उनले भने, 'तीन महिना एउटा लयमा ल्याउनुथियो । चाप थियो । अब हामी बजेट कार्यान्वयनको क्रममा छौँ । मनोबल उच्च बनाउने कुराहरुमा गरी सम्माननीयज्यूले सुझाव गुनासोहरु सुन्ने गर्नुहुन्छ अभिभावकको रुपमा ।'

सल्लाहकार शाहले सरकार बजेट कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको भन्दै अहिले मन्त्रिपरिषद् पुनर्गठन नहुने बताए । उनले अर्थमन्त्री र प्रधानमन्त्रीको सम्बन्ध एकदम सुमधुर रहेको र बजेट कार्यान्वयनमै केन्द्रीत रहेको बताए । 'मन्त्री कुनै हेरफेर हुँदैन । स्वर्णिम वाग्ले र प्रधानमन्त्रीबीच कुनै समस्या छैन,' उनले भने, 'सरकार बजेट कार्यान्वयनमा उच्च प्राथमिकतामा लागिरहेको छ ।' 

सल्लाहकार शाहले संघीय निजामती विधेयकमा कानुन मन्त्री सोविता गौतम र भूमिमन्त्री प्रतिभा रावलबीच कुनै मतभेद नरहेको र मन्त्रिपरिषदले विधेयकलाई टुंग्याउने प्रक्रिया रहेको बताए । 'कानुन मन्त्रालयको प्रक्रियागत कुराका लागि समय लागेको हो । विधेयकको कन्टेन्ट क्याविनेटले टुंग्याउने हो । सभापति र वरिष्ठ नेता सल्लाह भएर टुंगिन्छ । मन्त्रीहरुबीच टकराव भन्ने कुरा बकमफुसे हल्ला हो,' उनले भने ।  

प्रधानमन्त्रीका सल्लाहकार शाहले रास्वपामा मनोनीत पदाधिकारीको कुनै टुंगो नलगिसकेको बताए । उनले मनोनीतलाई लिएर सभापति र वरिष्ठ नेताबीच कुनै मतभेद नभएको र सल्लाहबाट सौहार्दरुपमा टुंगिने बताए । 'वरिष्ठ नेता र पार्टी सभापति बसेर विचार पुर्याएर मनोनीत गर्ने कुरा हो । उहाँहरुले बसेर टुंग्याएपछि केन्द्रीय समिति चाँडै बस्छ,' उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको  छ ।

भर्खरै