नेभिगेशन
सबै कुरा

साइबेरियाबाट आउन छाडे पाहुना चरा,विश्वमै अति दुर्लभ बैकाल गैरी चरा नारायणीमा भेटियाे

मध्यविन्दु (नवलपरासी)। यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए । “गत वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, यसपालिको गणनामा नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए”, उनले भने, “गत वर्षभन्दा दुई प्रजाति कम भेटिएका छन् ।”  

पक्षी गणनाका क्रममा गत वर्ष देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र गत वर्ष नदेखिएको छ प्रजातिको चरा यस वर्ष देखिएको संयोजक चौधरीले जानकारी दिए।  “गत वर्ष देखिएको सिउरे डुबुल्की चरा, कलहाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो, हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरेहाँस, स्वेत माछा यस वर्ष भेटिएनन्”, उनले भने , “गत वर्ष फेला नपरेका सिन्दुरे हाँस, कैलो टाउके हाँस, अलक चन्द्रराज पुत्रिका, वन सुड सुडिया, ठूलो जलरङ्ग र नारायणी नदीमा नै पहिलोपटक बैकाल गैरी यस वर्ष भेटिएको छ ।”

Global Ime Bank

नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष ४१ प्रजाति फेला परेको जनाइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो । सिघ्रौली गोलाघाट हुँदै अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो । मङ्गोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्याण्ड, कोरियालगायतका देशबाट आगन्तुक चरा यो समयमा नारायणी नदी र आसपास क्षेत्रमा आउने हँुदा प्रत्येक वर्ष नारायणी नदीमा चरा गणना गर्ने गरिएको छ ।

गत वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भिक तथ्याङ्क आएको संयोजक चौधरीले बताए । “यस वर्ष पनि समग्रमा चराको सङ्ख्या घटेको पायौँ”, उहाँले भन्नुभयो, “प्रत्येक वर्ष नेपालमा क्रमिकरूपमा चराको सङ्ख्या घटिरहेको छ ।”

 साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिने गरेकामा यस वर्ष त्यसमा उल्लेख्य कमी आएको चौधरीले जानकारी दिनुभयो । “यस वर्ष खोया हाँसको सङ्ख्या विगतको भन्दा ५० प्रतिशतले कमी आएको पाएका छौँ”, उनले भने, “नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको नारायणी नदीको च्यानलमा पानी सुक्नाले खोया हाँसको सङ्ख्यामा कमी आएको हो, यस क्षेत्र खोया हाँसको प्रमुख बासस्थानको रूपमा रहेको थियो ।”

नारायणी नदीमा बढ्दो प्रदूषणले यहाँ आीश्रत चराको सङ्ख्या घट्दै गइरहेको बताइएको छ । नदीमा पाइने आहारा घटेकाले यहाँ आउने चरा कम आउन थालेको र बासस्थान परिवर्तन गर्न थालेको चौधरीले बताए । “कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्”, चौधरीले भने, “यस क्षेत्रमा चखेवा, जलेवा र पानी गाँैथली चरा धेरै पाइने गरेका छन् ।” निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा पनि यस वर्ष कमी देखिएकाे छ । 

बैकाल गैरी चरा भेटियो

यस वर्षको चरा गणनका क्रममा विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नारायणी नदीमा फेला परेको छ । पक्षी गणना संयोजक चौधरीका अनुसार प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा परेका प्रजातिको रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा पक्षी गणनाका क्रममा नदी क्षेत्रमा भेटिएको हो । “नेपालमा बैकल गैरी चरा ठूला नदी र तालमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलोपटक देखिएको हो”, चौधरीले भने , “उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नारायणी नदीमा आएका हुन् ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभापति रवि लामिछाने माथिको प्रतिशोध विरुद्ध रास्वपाको हस्ताक्षर महाअभियान

सभापति रवि लामिछाने माथिको प्रतिशोध विरुद्ध रास्वपाको हस्ताक्षर महाअभियान

पार्टी सभापति रवि लामिछाने माथि भएको राजनैतिक प्रतिशोधको विरुद्ध हस्ताक्षर महाअभियानका लागि काठमाडौँ  जिल्ला समितिले आज न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरेको हो ।
नल्लु खोलाको बाढीपछि बाँच्नै सकस : मनसुनसँगै फर्किएको त्रास, सरकारकाे बेवास्ता (तस्बिरहरु)

नल्लु खोलाको बाढीपछि बाँच्नै सकस : मनसुनसँगै फर्किएको त्रास, सरकारकाे बेवास्ता (तस्बिरहरु)

ललितपुरको गोदावरी नगरपालिका–६ अन्तर्गत ढुङ्गे, जुरे डाँडा, नयाँ बस्ती, गैरी गाउँ र टुसाल गाउँका बासिन्दा अहिले पनि बाढीको त्रासमा दिनरात कटाइरहेका छन्। गत असोजमा नल्लु खोलामा आएको भीषण...
एमालेभित्रको शक्ति-संघर्ष : मदन भण्डारी जन्मजयन्तीको कार्यक्रममा विद्या भण्डारीको ‘कमब्याक’ तयारी

एमालेभित्रको शक्ति-संघर्ष : मदन भण्डारी जन्मजयन्तीको कार्यक्रममा विद्या भण्डारीको ‘कमब्याक’ तयारी

पूर्वराष्ट्रपति तथा मदन भण्डारीकी पत्नी विद्या भण्डारीले यसै कार्यक्रमबाट सक्रिय राजनीतिमा पुनः प्रवेशको सन्देश दिने तयारी गरेको खबर बाहिरिएसँगै एमालेभित्र खैलाबैला मच्चिएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी...
प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै, यस्तो छ तालिका

प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै, यस्तो छ तालिका

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन प्रस्थान गर्न लागेका हुन् ।

भर्खरै