नेभिगेशन
सबै कुरा

न्यायाधीशमाथि बलात्कार मुद्दा हालेकी आरतीको रिट संयुक्त इजलासमा

काठमाडाैँ । न्यायाधीश भुवन गिरीविरुद्ध श्रीमति आरती गिरीले दायर भएको रिट निवेदन बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

न्यायाधीश गिरीले विवाहपश्चात वैवाहिक बलात्कार गरेको भन्दै कपिलवस्तु र काठमाडौँ जिल्ला अदालतमा जाहेरी दिएकी थिइन् ।  जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगेको थियो । पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो। त्यस्तै काठमाडौँ जिल्ला अदालतले समेत गिरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

Global Ime Bank

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेकी आरतीको रिटमा उच्चले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएको थियो । 

जिल्ला र उच्चमा उनले दायर गरेको रिट विचाराधिन नै रहेको अवस्थामा आरतीले श्रीमान भुवन गिरीलाई थुनामा राख्न माग गर्दै निवेदन दायर गरेकी थिइन् । त्यसयता उनी काठमाडौँका विभिन्न स्थानमा आन्दोलनरत छिन् । आफूले न्याय नपाएको भन्दै कहिले संसद भवन परिसरमा आन्दोलन गर्न पुग्छिन् त कहिले सिंहदरबार परिसरमा । 

केही दिनअघि मात्रै उनी सर्वोच्च अदालतकै परिसरमा छिरेर आफ्नै शरिरमाथि प्रज्वलशील पदार्थ खन्याइ आत्मदाहको प्रयास गरेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभापति रवि लामिछाने माथिको प्रतिशोध विरुद्ध रास्वपाको हस्ताक्षर महाअभियान

सभापति रवि लामिछाने माथिको प्रतिशोध विरुद्ध रास्वपाको हस्ताक्षर महाअभियान

पार्टी सभापति रवि लामिछाने माथि भएको राजनैतिक प्रतिशोधको विरुद्ध हस्ताक्षर महाअभियानका लागि काठमाडौँ  जिल्ला समितिले आज न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरेको हो ।
नल्लु खोलाको बाढीपछि बाँच्नै सकस : मनसुनसँगै फर्किएको त्रास, सरकारकाे बेवास्ता (तस्बिरहरु)

नल्लु खोलाको बाढीपछि बाँच्नै सकस : मनसुनसँगै फर्किएको त्रास, सरकारकाे बेवास्ता (तस्बिरहरु)

ललितपुरको गोदावरी नगरपालिका–६ अन्तर्गत ढुङ्गे, जुरे डाँडा, नयाँ बस्ती, गैरी गाउँ र टुसाल गाउँका बासिन्दा अहिले पनि बाढीको त्रासमा दिनरात कटाइरहेका छन्। गत असोजमा नल्लु खोलामा आएको भीषण...
एमालेभित्रको शक्ति-संघर्ष : मदन भण्डारी जन्मजयन्तीको कार्यक्रममा विद्या भण्डारीको ‘कमब्याक’ तयारी

एमालेभित्रको शक्ति-संघर्ष : मदन भण्डारी जन्मजयन्तीको कार्यक्रममा विद्या भण्डारीको ‘कमब्याक’ तयारी

पूर्वराष्ट्रपति तथा मदन भण्डारीकी पत्नी विद्या भण्डारीले यसै कार्यक्रमबाट सक्रिय राजनीतिमा पुनः प्रवेशको सन्देश दिने तयारी गरेको खबर बाहिरिएसँगै एमालेभित्र खैलाबैला मच्चिएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी...
प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै, यस्तो छ तालिका

प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै, यस्तो छ तालिका

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन प्रस्थान गर्न लागेका हुन् ।

भर्खरै