नेभिगेशन
सबै कुरा

न्यायाधीशमाथि बलात्कार मुद्दा हालेकी आरतीको रिट संयुक्त इजलासमा

काठमाडाैँ । न्यायाधीश भुवन गिरीविरुद्ध श्रीमति आरती गिरीले दायर भएको रिट निवेदन बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीश गिरीले विवाहपश्चात वैवाहिक बलात्कार गरेको भन्दै कपिलवस्तु र काठमाडौँ जिल्ला अदालतमा जाहेरी दिएकी थिइन् ।  जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगेको थियो । पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो। त्यस्तै काठमाडौँ जिल्ला अदालतले समेत गिरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

Ncell
Extreme Energy

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेकी आरतीको रिटमा उच्चले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएको थियो । 

जिल्ला र उच्चमा उनले दायर गरेको रिट विचाराधिन नै रहेको अवस्थामा आरतीले श्रीमान भुवन गिरीलाई थुनामा राख्न माग गर्दै निवेदन दायर गरेकी थिइन् । त्यसयता उनी काठमाडौँका विभिन्न स्थानमा आन्दोलनरत छिन् । आफूले न्याय नपाएको भन्दै कहिले संसद भवन परिसरमा आन्दोलन गर्न पुग्छिन् त कहिले सिंहदरबार परिसरमा । 

केही दिनअघि मात्रै उनी सर्वोच्च अदालतकै परिसरमा छिरेर आफ्नै शरिरमाथि प्रज्वलशील पदार्थ खन्याइ आत्मदाहको प्रयास गरेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।