नेभिगेशन
जनप्रतिनिधिका कुरा

राष्ट्रिय सभाका तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ । सो समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ ।

Marvel
Extreme Energy

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ । समितिको बैठक अपराह्न २ः३० मा बस्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ ।
भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

उत्तरपश्चिम भारतमा वर्षा रोकिएसँगै खेतमा पराल जलाउने क्रम बढ्दा त्यसबाट निस्किएको धुवाँ देखिन थालेको छ ।
करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै

करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै

आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता आज घोषणा गर्ने भएको छ ।
बंगालको खाडीमा बनेको चक्रवात ‘मुरासु’बारे के भन्छन् मौसमविद् ?

बंगालको खाडीमा बनेको चक्रवात ‘मुरासु’बारे के भन्छन् मौसमविद् ?

बंगालको खाडीमा अर्को चक्रवात ‘मुरासु’ विकसित भएको छ ।