नेभिगेशन
नेताका कुरा

रास्वपा सभापति रबि लामिछाने एक महिनापछि चीन भ्रमणमा जाने, उच्चस्तरीय भेटवार्ताको तयारी

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने उत्तरी छिमेकी चीनको भ्रमणमा जाने तयारीमा जुटेका छन् । 

यसअघि भारतको भ्रमण गरेका सभापति लामिछाने यसपटक उत्तरी छिमेकी चीन जान लागेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछाने अगस्ट तेस्रो साता बेइजिङ जानेगरी तयारी भइरहेको सचिवालयले जनाएको छ । यद्यपि मिति ठ्याक्कै तय भइसकेको छैन । 

Ncell
Extreme Energy

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लगायतसँग भेट हुनेगरी कार्यतालिका बनिरहेको छ । 

भ्रमणका क्रममा द्विपक्षीय हित, आपसी सम्बन्ध र विकास परियोजनामा साझेदारीका विषयमा छलफल हुने बताइएको छ । 

यसअघि नेपालका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले चीनको उपलब्धीमूलक भ्रमण गरिसकेका छन् । 

फागुन २१ को चुनावबाट दुईतिहाइ जनमत पाएको रास्वपा सभापति लामिछानेलाई त्यतिबेलै चीनले भ्रमणको निम्तो दिएको थियो । तर कार्यव्यस्तताले जान सकेका थिएनन् । बीचमा सरकार गठन, पार्टीको महाधिवेशनलगायत गतिविधिमा लामिछाने व्यस्त थिए ।

यसअघि लामिछाने भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत भ्रमणमा गएका थिए । पाँच दिने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
दसैँमा मौसम सामान्यतया सफा रहने अनुमान, भारी वर्षाको सम्भावना छैन

दसैँमा मौसम सामान्यतया सफा रहने अनुमान, भारी वर्षाको सम्भावना छैन

दसैँको मौसमबारे चासो बढिरहेका बेला आगामी दिनमा मौसम सामान्यतया राम्रो रहने अनुमान गरिएको छ।
कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ।
किन बस्दैछ मन्त्रिपरिषद् बैठक?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक?

मन्त्रिपरिषद् बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने भएको छ।