नेभिगेशन
नेताका कुरा

आफन्त र नातेदारलाई स्वकीय सचिव नियुक्त नगर्न सांसदहरुलाई रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफन्त र नातेदारलाई स्वकीय सचिव नियुक्त नगर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । 

महामन्त्री विपीन आचार्यले शुक्रबार जारी गरेको संघीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशनमा नातावाद र परिवारवादको पूर्ण निषेध गर्न भनिएको छ । 'स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। यो नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ,' निर्देशनमा भनिएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले हालै कानुन संशोधन गरेर सांसदहरुले शाखा अधिकृत सरहको स्वकीय सचिव पाउने व्यवस्था गरेको छ । राज्यकोषबाट प्राप्त हुने यस सुविधाको उच्चतम सदुपयोगलाई सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी, र जनउत्तरदायी बनाउन रास्वपाले यो आन्तरिक निर्देशन जारी गरेको हो । 

Ncell
Extreme Energy

रास्वपाले स्वकीय सचिवको शैक्षिक योग्यता स्नातक हुनुपर्ने पनि भनेको छ । 'उम्मेदवारले संघीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता (स्नातक तह वा सोसरह उत्तीर्ण) अनिवार्य रूपमा हासिल गरेको हुनुपर्नेछ। सम्बन्धित क्षेत्रमा विज्ञता, प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको मूल्य–मान्यताप्रति निष्ठावान् व्यक्तिलाई प्राथमिकता दिनुपर्नेछ,' निर्देशनमा भनिएको छ । 

यसैगरी महिला, सीमान्तकृत समुदाय र पछाडि पारिएका वर्गलाई प्राथमिकता दिई समावेशितालाई प्रोत्साहन गर्न, स्वार्थ नबाझिएको र दोहोरो सुविधा नलिएको व्यक्ति छान्न निर्देशन दिइएको छ । 

रास्वपाले स्वकीय सचिवको छनोट सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक विधिबाट गरिनुपर्ने, नियुक्तिका लागि संसदीय दलबाट स्वीकृति लिनुपर्ने भनेको छ । 

754700432_1944025159594541_4897564973263980718_n-1784866988.jpg
755870682_1543413467482175_1961842868274386451_n-1784866994.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बाल मन्दिर ठगी प्रकरणः ८ जनाविरुद्ध मुद्दा दायर, ४ जना पक्राउ

बाल मन्दिर ठगी प्रकरणः ८ जनाविरुद्ध मुद्दा दायर, ४ जना पक्राउ

नेपाल बाल संगठन काठमाडौंका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य,...
घरमाथिबाट पहिरो खसेपछि बाजुराका १३ परिवारका ८३ जनालाई सारियो सुरक्षित स्थानमा

घरमाथिबाट पहिरो खसेपछि बाजुराका १३ परिवारका ८३ जनालाई सारियो सुरक्षित स्थानमा

बाजुरा, बडिमालिका नगरपालिका–९ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन् । तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा रहेको प्रहरीले जानकारी दिएको छ...
मेलम्ची बन्द गरिएपछि तीन स्रोतबाट पूर्ति गर्दैछ केयुकेएलले पानी

मेलम्ची बन्द गरिएपछि तीन स्रोतबाट पूर्ति गर्दैछ केयुकेएलले पानी

उत्तरपश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट ल्याइएको पानी बर्खाभरि बन्द गर्ने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले तीन स्रोतबाट माग धानिरहेको बताएको छ ।
वाह ! चुच्चेखोलाको खुवा

वाह ! चुच्चेखोलाको खुवा

हेटौँडा उपमहानगरपालिका–१७ स्थित चुच्चे खोला यतिखेर यहाँ पाइने खुवाकै कारण चासो र चर्चामा छ । खुवा उत्पादनमा विशिष्ट पहिचान जस्तै बनेको यहाँ बनाइने खुवा अहिले हेटौँडाको मुख्य कोसेली...