नेभिगेशन
नेताका कुरा

एमालेले भन्यो– कांग्रेसको दिशाहीन नीतिको अलमल चिर्न नेकपासँग मिल्नुपर्‍यो

काठमाडौं । नेकपा एमालेले कांग्रेसले सिद्धान्तको नाममा अपनाएको अलमल र दिशाहीन नीतिका कारण उत्पन्न राजनीतिक अन्योल अन्त्य गर्न नेकपासँग मिल्नुपरेको जिकिर गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले  देशमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउने जनताको तीव्र चाहनालाई सम्बोधन गर्न एमाले र नेकपाबीच नयाँ राजनीतिक सहकार्यको सहमति भएको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘आज देश एउटा असाधारण र चुनौतीपूर्ण राजनीतिक मोडबाट गुज्रिइरहेको छ । सरकारको बढ्दो स्वेच्छाचारी, निरङ्कुश र प्रतिशोधपूर्ण रवैयाका कारण जनतामा निराशा र भयको वातावरण सिर्जना भएको छ। यस्तो सङ्कटपूर्ण घडीमा राजनीतिक दलहरूका लागि परम्परागत सत्तापक्ष वा प्रतिपक्षको सीमाभन्दा माथि उठेर संविधान, लोकतन्त्र र देशको बृहत्तर हितका लागि एकजुट हुनु अपरिहार्य आवश्यकता बनेको छ,’ उनले भने ।

Marvel

देश र जनताको मुद्दा नै दुई पार्टीको पहिलो प्राथमिकता भएको उनको भनाइ छ ।

‘संकटको यो घडीलाई नजरअन्दाज गरी सिद्धान्तको नयाँ जामा खोज्ने दोहोरो मापदण्ड अपनाउनु कुनै पनि जिम्मेवार दलका लागि सुहाउने विषय होइन । विशेष गरी नेपाली कांग्रेसले सिद्धान्तको नाममा अपनाएको अलमल र दिशाहीन नीतिका कारण उत्पन्न राजनीतिक अन्योल अन्त्य गर्नुपर्ने अवस्था आयो,’ उनले भने ।

यसै सहमतिका आधारमा प्रदेश सरकारहरूको पुनर्गठन गर्दै सुशासन र विकासको नयाँ यात्रा प्रारम्भ गर्न एमाले–नेकपा प्रतिबद्ध रहेको उनले बताए ।

‘हाम्रो यो कदम केवल सरकार गठनमा मात्र सीमित नभइ लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र जनतामा आशा जगाउने साझा सङ्कल्प हो,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै