नेभिगेशन
नेताका कुरा

एमालेले भन्यो– कांग्रेसको दिशाहीन नीतिको अलमल चिर्न नेकपासँग मिल्नुपर्‍यो

काठमाडौं । नेकपा एमालेले कांग्रेसले सिद्धान्तको नाममा अपनाएको अलमल र दिशाहीन नीतिका कारण उत्पन्न राजनीतिक अन्योल अन्त्य गर्न नेकपासँग मिल्नुपरेको जिकिर गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले  देशमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउने जनताको तीव्र चाहनालाई सम्बोधन गर्न एमाले र नेकपाबीच नयाँ राजनीतिक सहकार्यको सहमति भएको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘आज देश एउटा असाधारण र चुनौतीपूर्ण राजनीतिक मोडबाट गुज्रिइरहेको छ । सरकारको बढ्दो स्वेच्छाचारी, निरङ्कुश र प्रतिशोधपूर्ण रवैयाका कारण जनतामा निराशा र भयको वातावरण सिर्जना भएको छ। यस्तो सङ्कटपूर्ण घडीमा राजनीतिक दलहरूका लागि परम्परागत सत्तापक्ष वा प्रतिपक्षको सीमाभन्दा माथि उठेर संविधान, लोकतन्त्र र देशको बृहत्तर हितका लागि एकजुट हुनु अपरिहार्य आवश्यकता बनेको छ,’ उनले भने ।

Ncell
Extreme Energy

देश र जनताको मुद्दा नै दुई पार्टीको पहिलो प्राथमिकता भएको उनको भनाइ छ ।

‘संकटको यो घडीलाई नजरअन्दाज गरी सिद्धान्तको नयाँ जामा खोज्ने दोहोरो मापदण्ड अपनाउनु कुनै पनि जिम्मेवार दलका लागि सुहाउने विषय होइन । विशेष गरी नेपाली कांग्रेसले सिद्धान्तको नाममा अपनाएको अलमल र दिशाहीन नीतिका कारण उत्पन्न राजनीतिक अन्योल अन्त्य गर्नुपर्ने अवस्था आयो,’ उनले भने ।

यसै सहमतिका आधारमा प्रदेश सरकारहरूको पुनर्गठन गर्दै सुशासन र विकासको नयाँ यात्रा प्रारम्भ गर्न एमाले–नेकपा प्रतिबद्ध रहेको उनले बताए ।

‘हाम्रो यो कदम केवल सरकार गठनमा मात्र सीमित नभइ लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र जनतामा आशा जगाउने साझा सङ्कल्प हो,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

भोलिदेखि दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।
खड्काको लचकतापछि दबाबमा इतरपक्ष

खड्काको लचकतापछि दबाबमा इतरपक्ष

कार्यसम्पादन समितिले केही नेतालाई केन्द्रीय समितिमा मनोनीत गर्ने, गत पुससम्म नवीकरण भएका क्रियाशील सदस्यतालाई मान्यता दिई डिजिटल अद्यावधिकलाई अनिवार्य नगर्ने, केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा (इतरपक्षका) नेता...
नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।