नेभिगेशन
नेताका कुरा

रास्वपा सांसद पौडेलमाथि गरिएको दुर्व्यवहारको गगन थापाले गरे विरोध

दोषीलाई कारवाही र जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न रास्वपाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलमाथि गरिएको दुर्व्यवहारको विरोध गरेका छन् । 

रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पौडेलमाथि साउन ७ मा जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा कालो मसी प्रहार तथा दुर्व्यवहार गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति थापाले यो घटनाको विरोध गर्दै लोकतन्त्रमा कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार तथा दुर्व्यवहार गर्नेजस्तो अराजक गतिविधि स्वीकार्य नहुने उल्लेख गरेका छन् । 

Marvel
Extreme Energy

'लोकतन्त्रमा विचार फरक हुन सक्छ, असहमति पनि हुन सक्छ । तर कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन,' उनले भनेका छन्, 'प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ । असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन ।'

यो घटनाप्रति रास्वपा संसदीय दलले पनि गम्भीर ध्यानाकर्षण जनाउँदै यस प्रकारको हिंसात्मक तथा अमर्यादित गतिविधिको घोर भर्त्सना गरेको छ । 

'लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित छ। तथापि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन सक्दैन। यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार र शान्तिपूर्ण-सुसंस्कृत राजनीतिक अभ्यासमाथि प्रहार गर्दछ,' रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले भनेका छन् । 

यस घटनाको निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनबमोजिम कडा कारवाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न रास्वपाले सरकारसँग माग गरेको छ । 

रास्वपा लोकतान्त्रिक मूल्य, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास र सभ्य समाज निर्माणप्रति सदैव प्रतिबद्ध रहने बुर्लाकोटीले स्पष्ट पारेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विपक्षी दलहरूको बैठकले केके गर्‍यो निर्णय ?

विपक्षी दलहरूको बैठकले केके गर्‍यो निर्णय ?

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन्। पत्रकारमाथि धरपकड, सरकारसँग बिचौलियाको सम्बन्ध जोडिएका सार्वजनिक आरोप र न्यायाधीशमाथि महाभियोगको तयारीलगायत विषयमा छलफल गर्न...
सर्वोच्चको फूलकोर्टले गरेका यी पाँच निर्णय

सर्वोच्चको फूलकोर्टले गरेका यी पाँच निर्णय

प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र परेपछि दुवै आयोजनाको ठेक्का रद्द गरिएको छ।
एलपी ग्यास उद्योगहरूलाई गाभ्ने प्रक्रिया अघि बढ्यो

एलपी ग्यास उद्योगहरूलाई गाभ्ने प्रक्रिया अघि बढ्यो

निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने...