नेभिगेशन
पूर्वाधार

विकास निर्माणको कामै ठप्प बनाउने कानुनी झमेलाहरु हटाउँदै सोविता गौतम

भन्छिन्, 'नेपालको विकास अब रोकिदैन, कानूनको संरक्षणमा दौडिन्छ'

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम विकास निर्माणका क्रममा आउने कानुनी झमेला हटाउन नीतिगत सुधारमा जुटेकी छिन् । उनले विकास निर्माणको क्रममा आउने कानुनी झमेला अन्त्य गर्न कानुनी आधार तयार गर्दैछिन् । 

उनकाअनुसार पूर्वाधार न्यायाधिकरण स्थापना गर्ने सम्बन्धी कानून निर्माण अन्तिम चरणमा पुगेको छ । आवश्यक छलफलहरू लगभग सम्पन्न भइसकेका छन्, केही अन्तिम परिमार्जनपछि यो विधेयक अघि बढ्ने तयारीमा छ । भन्छिन्, 'नेपाल बन्दै छ है । नेपालको विकास अब रोकिदैन, कानूनको संरक्षणमा दौडिन्छ ।' 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री गौतमले कार्यभार सम्हाल्ने क्रममै पूर्वाधार निर्माण तथा विकाससम्बन्धी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा ती आयोजनासँग सम्बन्धित मुद्दा-मामिलाको छिटोछरितो निरूपणका लागि पूर्वाधार न्यायाधिकरण स्थापनाको प्रक्रिया अगाडि बढाएकी थिइन् । आवश्यक नीतिगत, कानूनी तथा संस्थागत सुधारका विषयमा विस्तृत अध्ययन गर्न अध्ययन समिति बनाएरै अध्ययन गरेकी गौतमले सोही प्रतिवेदनका आधारमा कानुन आधार दिने विधेयकको मस्यौदा तयार गरेकी हुन् । यो विधेयक संसदमा दर्ता भएर कानुन भएपछि अब विकास निर्माणका काममा कानुनी झमेलाले ढिलाइ हुनेछैन । फास्ट ट्रयाकमा कामहरु हुनेछ । 

Ncell
Extreme Energy

मन्त्री गौतमकाअनुसार नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासँग सम्बन्धित विवादहरू वर्षौँसम्म अदालतमा विचाराधीन रहने अवस्था छ । सर्वोच्च अदालतमा मुद्दाको अत्यधिक चाप हुँदा यस्ता विवादहरूको समयमै सुनुवाइ हुन सकिरहेको छैन । तर यसको मूल्य सरकार र निर्माण व्यवसायीले मात्र होइन, जनताले पनि चुकाइरहेका छन्। आयोजना ढिलो हुँदा लागत बढ्छ, करदाताको पैसा नै थप खर्च हुने हो, र नागरिकले पाउनुपर्ने सार्वजनिक सेवा पनि वर्षौँसम्म पछि धकेलिन्छ ।

'मेरो दृष्टिमा सार्वजनिक पूर्वाधारसम्बन्धी विवाद सरकार र निर्माण व्यवसायीबीचको दुई पक्षीय विवाद मात्र होइन। यसको तेस्रो तथा सबैभन्दा महत्वपूर्ण सरोकारवाला जनता पनि हुन्। किनभने आयोजना ढिलो हुँदा सबैभन्दा ठूलो आर्थिक, सामाजिक र अवसरगत क्षति जनताले नै व्यहोर्नुपर्छ,' मन्त्री गौतम भन्छिन्, 'त्यसैले सार्वजनिक पूर्वाधारसम्बन्धी विवादको समाधानमा जनहितलाई केन्द्रमा राख्ने र छिटो निकास दिने नयाँ कानूनी संरचना आवश्यक थियो । यही आवश्यकता महसुस गर्दै पूर्वाधारसम्बन्धी विवादको छिटो, विशेषज्ञतापूर्ण र प्रभावकारी निरूपण गर्ने उद्देश्यले पूर्वाधार न्यायाधिकरणको अवधारणा अघि सारिएको हो ।' 

sobita-1785037411.jpg
यसले सर्वोच्च अदालतको चाप घटाउन सँगै, सार्वजनिक आयोजना समयमै सम्पन्न गराउन, सार्वजनिक स्रोतको संरक्षण गर्न र नागरिकले सेवा समयमै प्राप्त गर्ने संवैधानिक अपेक्षालाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेल्ने मन्त्री गौतमको विश्वास छ । 

'सार्वजनिक खरिद ऐन संशोधनले नेपाललाई विकासको युगमा डोर्याउने स्वभाविक अपेक्षा गर्न सकिन्छ किनकी यस ऐन संशोधन मार्फत हामिले विकास निर्माणमा देखिएका कानूनी अवरोध हटाउने प्रयास गरेका छौँ। सँगै पूर्वाधार न्यायाधिकरण पनि नेपाल विकास यात्राको अर्को ऐतिहासिक कडी हो,' मन्त्री गौतम भन्छिन्, 'सार्वजनिक आयोजना सरकारको मात्र होइन, जनताको पनि हो। त्यसैले सार्वजनिक आयोजनामा हुने ढिलाइलाई हामी जनहितसँग जोडेर हेरिरहेका छौँ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
भूमिहीनलाई धमाधम जग्गा बाँड्दै बालेन सरकार, अहिलेसम्म सय जनाले पाइसके लालपूर्जा

भूमिहीनलाई धमाधम जग्गा बाँड्दै बालेन सरकार, अहिलेसम्म सय जनाले पाइसके लालपूर्जा

सरकारले वर्षौदेखि भूमिहीन जीवन विताइरहेका नागरिकलाई धमाधम जग्गाधनी पूर्जा वितरण थालेको छ ।
सिंहदरबारभित्रको अति सुस्त इन्टरनेट सेवा सुधार्न कस्सिए सांसद श्रेष्ठ

सिंहदरबारभित्रको अति सुस्त इन्टरनेट सेवा सुधार्न कस्सिए सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रको इन्टरनेट सेवा सुधार्न पहलकदमी लिएका छन् ।
बिजुली व्यापारले रेकर्ड राखेपछि ऊर्जामन्त्री उत्साही, विद्युत उत्पादन अझै बढाउन थाले काम

बिजुली व्यापारले रेकर्ड राखेपछि ऊर्जामन्त्री उत्साही, विद्युत उत्पादन अझै बढाउन थाले काम

नेपालले विद्युत व्यापारमा रेकर्ड कायम गरेपछि सरकार उत्पादन थप बढाउने गृहकार्यमा लागेको छ ।
ढुक्क हुनुहोस्, 'एक पटकको नेपाली, सधैँको नेपाली' हौँ : अर्थमन्त्री वाग्ले

ढुक्क हुनुहोस्, 'एक पटकको नेपाली, सधैँको नेपाली' हौँ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले "एक पटकको नेपाली, सधैँको नेपाली" हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् ।

भर्खरै