नेभिगेशन
जनप्रतिनिधिका कुरा

सिंहदरबारभित्रको अति सुस्त इन्टरनेट सेवा सुधार्न कस्सिए सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रको इन्टरनेट सेवा सुधार्न पहलकदमी लिएका छन् । 

उनले आफ्नै कार्यकक्षमा सिंहदरबारस्थित आईटी टोली तथा सम्बन्धित निकायका प्रमुखहरूलाई बोलाएर कमजोर इन्टर सेवाबारे ध्यानाकर्षण गराएका छन् । काम गर्न नसक्नेलाई कारवाही गरि सेवालाई चुस्त बनाउन सक्ने दक्ष जनशक्ति परिचालन गर्नुपर्ने उनको भनाइ थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नियामक निकायलाई ९ बुँदे निर्देशन समेत दिएका छन् ।

Ncell
Extreme Energy

निर्देशनमा सिंहदरबारभित्रको इन्टरनेट सेवाको गुणस्तर तत्काल सुधार गर्नुपर्ने भनेका छन् । 

यसैगरी सूचना प्रविधि प्रणाली तथा प्रशासनिक व्यवस्थालाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सुधारका काम यथाशीघ्र अघि बढाउन निर्देशन दिएका छन् । 

९ बुँदे निर्देशन :

* सरकारी कागजातको आदानप्रदान अबदेखि whats app व्हाट्सएपमार्फत नभई अनिवार्य रूपमा अफिसियल इमेलमार्फत मात्र गर्नुपर्ने।
* प्रत्येक सदस्यका लागि आधिकारिक (Official) इमेल सिर्जना गर्नुपर्ने।
* सिंहदरबारभित्रको इन्टरनेट सेवाको गुणस्तर तत्काल सुधार गर्नुपर्ने ।
* हालको इन्टरनेट सेवा अत्यन्त कमजोर रहेकाले आफ्नै कार्यालयभित्र भरपर्दो सेवा नहुँदा बाहिर विकल्प खोज्नुपर्ने अवस्था आउनु दुःखद भएको ।
* सर्भर बारम्बार डाउन हुँदा संसद्को बैठकसमेत प्रभावित हुने अवस्था देखिएको।
* यति गम्भीर समस्या हुँदा पनि सम्बन्धित सेवा प्रदायक कम्पनीसँग किन स्पष्टीकरण मागिएन भन्ने विषयमा प्रश्न उठाइएको।
* सरकारी डेटा सुरक्षाको वर्तमान अवस्था र डेटा सुरक्षित राख्ने प्रणालीबारे समीक्षा गरिएको।
* सरुवा भएर आउने र जाने निकाय प्रमुखहरूको हकमा अनिवार्य रूपमा ‘ह्यान्डओभर’ र ‘टेकओभर’ प्रणाली लागू गर्नुपर्ने, ताकि कार्यालयका कागजात, जिम्मेवारी र सूचना व्यवस्थित रूपमा हस्तान्तरण हुन सकून् भन्ने विषयमा छलफल गरिएको।
* सूचना प्रविधि प्रणाली तथा प्रशासनिक व्यवस्थालाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सुधारका काम यथाशीघ्र अघि बढाउन सचिवसहित सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइएको ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको  छ ।

भर्खरै