नेभिगेशन
नेताका कुरा

एमाले कोशीमा रडाको

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठनमा तीन बुँदे सहमति भएसँग कोशी प्रदेशको मुख्यमन्त्रीमा विवाद देखिएको छ ।

हिक्मत कार्कीले मुख्यमन्त्रीमा आफूले नै निरन्तरता चाहेका छन्। ताप्लेजुङबाट प्रदेश सभामा निर्वाचित तीलकुमार मेन्याङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष नै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेको सिधाकुरालाई बताए ।

Marvel

‘हिक्मतजी सुरूको कार्यकालको पूरा अवधि मन्त्री बन्नुभयो । प्रदेश सभाको दोस्रो कार्यकालमा उहाँ सुरूदेखि नै मुख्यमन्त्री हुनुभयो,’ उनले भने ।

उनले यस विषयमा पार्टीले निर्णय गर्ने बताए । तथापि आफ्नो प्रस्तावमा अध्यक्ष सकारात्मक पाएको पनि बताए ।

कोशीका सांसद एवम् पूर्वमन्त्री रेवतीरमण भण्डारीले कोशीमा मुख्यमन्त्री फेर्ने कुरा प्रासंगिक नभएको बताए । उनले हिक्मत कार्कीले राजीनामा गर्नुपर्ने, उहाँ हटेर अर्को बन्नुपर्ने कानुनी, राजनीतिक अवस्था सिर्जना नभएको भन्दै अहिले चलिरहेको हल्लालाई चियाको कपमा तुफान निम्त्याउन खोजिएको प्रतिक्रिया दिए । उनले कार्कीलाई हटाउने प्रस्ताव संसदीय दलमा पनि नआएको बताए ।

‘हो नेकपासँग सहमति भयो । त्यसअनुसार कांग्रेसका साथीहरू हट्नुहुन्छ होला । उहाँहरू हटेपछि त्यो ठाउँमा नेकपाका साथीहरू आउनुहुन्छ । यो स्वभाविक प्रक्रिया हो । यसबाहेक मुख्यमन्त्री नै फेर्ने अवस्था अहिले छैन । यो छलफल पनि भएको छैन,’ उनले दाबी गरे ।

तर एमाले अध्यक्ष ओली भने कार्कीलाई मुख्यमन्त्रीबाट हटाउन चाहन्छन् । पछिल्लो समय ओली कार्कीको सम्बन्ध त्यति राम्रो छैन । कार्की अध्यक्ष ओलीकै निर्वाचन क्षेत्रका हुन् । झापा ५  (१) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

एक नेताले बताएअनुसार हिक्मतका दाजु दीपक झापा पार्टी इन्चार्ज बन्न चाहन्थे । तर अध्यक्ष ओलीले रोमनाथ ओलीलाई इन्चार्जको जिम्मेवारी दिए ।

त्यसबाट चिढिएका दीपकले कोशीको प्रदेशस्तरीय छलफलमा नेतृत्व पुनर्गठनबारे धारणा राखेका थिए ।

त्यसयता कार्की दाजुभाइसँगै सम्बन्ध बिग्रिएकाले ओलीले मुख्यमन्त्रीको विकल्प खोज्न थालेका हुन् ।

तर महासचिव पोखरेल भने कार्कीलाई नै निरन्तरता दिन चाहन्छन् । 

त्यसैले यो विषय सचिवालयमै पुग्ने नेताहरूले बताएका छन् ।

एमालेले कोशी, बागमती, लुम्बिनी, नेकपाले कर्णाली र सुदूरपश्चिमको नेतृत्व लिने दुई पार्टीबीच सहमति भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै