नेभिगेशन
नेताका कुरा

एमाले कोशीमा रडाको

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठनमा तीन बुँदे सहमति भएसँग कोशी प्रदेशको मुख्यमन्त्रीमा विवाद देखिएको छ ।

हिक्मत कार्कीले मुख्यमन्त्रीमा आफूले नै निरन्तरता चाहेका छन्। ताप्लेजुङबाट प्रदेश सभामा निर्वाचित तीलकुमार मेन्याङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष नै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेको सिधाकुरालाई बताए ।

Ncell
Extreme Energy

‘हिक्मतजी सुरूको कार्यकालको पूरा अवधि मन्त्री बन्नुभयो । प्रदेश सभाको दोस्रो कार्यकालमा उहाँ सुरूदेखि नै मुख्यमन्त्री हुनुभयो,’ उनले भने ।

उनले यस विषयमा पार्टीले निर्णय गर्ने बताए । तथापि आफ्नो प्रस्तावमा अध्यक्ष सकारात्मक पाएको पनि बताए ।

कोशीका सांसद एवम् पूर्वमन्त्री रेवतीरमण भण्डारीले कोशीमा मुख्यमन्त्री फेर्ने कुरा प्रासंगिक नभएको बताए । उनले हिक्मत कार्कीले राजीनामा गर्नुपर्ने, उहाँ हटेर अर्को बन्नुपर्ने कानुनी, राजनीतिक अवस्था सिर्जना नभएको भन्दै अहिले चलिरहेको हल्लालाई चियाको कपमा तुफान निम्त्याउन खोजिएको प्रतिक्रिया दिए । उनले कार्कीलाई हटाउने प्रस्ताव संसदीय दलमा पनि नआएको बताए ।

‘हो नेकपासँग सहमति भयो । त्यसअनुसार कांग्रेसका साथीहरू हट्नुहुन्छ होला । उहाँहरू हटेपछि त्यो ठाउँमा नेकपाका साथीहरू आउनुहुन्छ । यो स्वभाविक प्रक्रिया हो । यसबाहेक मुख्यमन्त्री नै फेर्ने अवस्था अहिले छैन । यो छलफल पनि भएको छैन,’ उनले दाबी गरे ।

तर एमाले अध्यक्ष ओली भने कार्कीलाई मुख्यमन्त्रीबाट हटाउन चाहन्छन् । पछिल्लो समय ओली कार्कीको सम्बन्ध त्यति राम्रो छैन । कार्की अध्यक्ष ओलीकै निर्वाचन क्षेत्रका हुन् । झापा ५  (१) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

एक नेताले बताएअनुसार हिक्मतका दाजु दीपक झापा पार्टी इन्चार्ज बन्न चाहन्थे । तर अध्यक्ष ओलीले रोमनाथ ओलीलाई इन्चार्जको जिम्मेवारी दिए ।

त्यसबाट चिढिएका दीपकले कोशीको प्रदेशस्तरीय छलफलमा नेतृत्व पुनर्गठनबारे धारणा राखेका थिए ।

त्यसयता कार्की दाजुभाइसँगै सम्बन्ध बिग्रिएकाले ओलीले मुख्यमन्त्रीको विकल्प खोज्न थालेका हुन् ।

तर महासचिव पोखरेल भने कार्कीलाई नै निरन्तरता दिन चाहन्छन् । 

त्यसैले यो विषय सचिवालयमै पुग्ने नेताहरूले बताएका छन् ।

एमालेले कोशी, बागमती, लुम्बिनी, नेकपाले कर्णाली र सुदूरपश्चिमको नेतृत्व लिने दुई पार्टीबीच सहमति भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

भोलिदेखि दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।
खड्काको लचकतापछि दबाबमा इतरपक्ष

खड्काको लचकतापछि दबाबमा इतरपक्ष

कार्यसम्पादन समितिले केही नेतालाई केन्द्रीय समितिमा मनोनीत गर्ने, गत पुससम्म नवीकरण भएका क्रियाशील सदस्यतालाई मान्यता दिई डिजिटल अद्यावधिकलाई अनिवार्य नगर्ने, केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा (इतरपक्षका) नेता...
नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।