नेभिगेशन
समाज

कर्फ्यु लगाउँदा पनि प्रदर्शन नरोकिएपछि कप्तानगञ्जमा सेना परिचालन

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा सेना परिचालन गरिएको छ । कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

त्यस्तै दुई पक्षबीचको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित यो समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाउन १ साताको समयसीमा दिइएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार यसै गम्भीर विषयलाई लिएर सोमबार अपराह्न ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक समेत बोलाइएको छ।

Ncell
Extreme Energy

सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काका अनुसार साउने सोमबारका अवसरमा ‘बोलबम’ यात्राका लागि एउटा पक्षले रातको समयमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको थियो । मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै अर्को पक्षले विरोध गरेपछि दुई समूहबीच विवाद चर्किएर झडपको स्थिति बनेको थियो।

झडपले उग्र रूप लिएपछि भिड नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र त्यसपछि हवाई फायर गरेको थियो । तर, पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको दाबी गरेको छ। सोही क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने घटनामा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।

मृत्युको घटनापछि उत्पन्न तनावलाई साम्य पार्न स्थानीय प्रशासनले कडा कदम चालेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बिहान ७ बजेदेखि लागु हुने गरी सुनसरीका ५ वटा मुख्य बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेका छन् ।

प्रजिअ घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार हरिनगरा बजार, भुटाहा बजार, कप्तानगन्ज बजार, घुस्की बजार र देवानगन्ज बजार क्षेत्रका चार किल्लाभित्र कफ्र्यु लगाइएको छ । तोकिएको सीमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

प्रशासनले कफ्र्यु आदेश उल्लंघन गर्नेलाई १ हजार रुपैयाँ जरिवाना र १ महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी समेत दिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि यी क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...