नेभिगेशन
समाज

कर्फ्यु लगाउँदा पनि प्रदर्शन नरोकिएपछि कप्तानगञ्जमा सेना परिचालन

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा सेना परिचालन गरिएको छ । कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

त्यस्तै दुई पक्षबीचको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित यो समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाउन १ साताको समयसीमा दिइएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार यसै गम्भीर विषयलाई लिएर सोमबार अपराह्न ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक समेत बोलाइएको छ।

Marvel

सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काका अनुसार साउने सोमबारका अवसरमा ‘बोलबम’ यात्राका लागि एउटा पक्षले रातको समयमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको थियो । मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै अर्को पक्षले विरोध गरेपछि दुई समूहबीच विवाद चर्किएर झडपको स्थिति बनेको थियो।

झडपले उग्र रूप लिएपछि भिड नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र त्यसपछि हवाई फायर गरेको थियो । तर, पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको दाबी गरेको छ। सोही क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने घटनामा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।

मृत्युको घटनापछि उत्पन्न तनावलाई साम्य पार्न स्थानीय प्रशासनले कडा कदम चालेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बिहान ७ बजेदेखि लागु हुने गरी सुनसरीका ५ वटा मुख्य बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेका छन् ।

प्रजिअ घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार हरिनगरा बजार, भुटाहा बजार, कप्तानगन्ज बजार, घुस्की बजार र देवानगन्ज बजार क्षेत्रका चार किल्लाभित्र कफ्र्यु लगाइएको छ । तोकिएको सीमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

प्रशासनले कफ्र्यु आदेश उल्लंघन गर्नेलाई १ हजार रुपैयाँ जरिवाना र १ महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी समेत दिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि यी क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...