नेभिगेशन
समाज

सभामुख र सचेतकहरुका बीचमा के भयो छलफल ?

काठमाडौँ । संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोलप्रसाद (डीपी) अर्यालको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सिंहदरबारमा प्रतिनिधिसभा आगामी बैठकको तयारीका विषयमा सभामुख अर्यालले दलका प्रमुख सचेतक र सचेतकसँग गरेको छलफलका क्रममा बिपक्षी दलका प्रमुख सचेतकहरुले सरकारसँग सांसदहरुको धेरै प्रश्न रहेकाले नियमित रुपमा प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफलपछि कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रतिनिधिसभा बैठकको क्यालेन्डर बनाउने र संसदीय प्रक्रियालाई मर्यादित बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिइन्।

Ncell
Extreme Energy

उनले सीमा विवादको सम्बन्धमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म विरोध कायमै रहनेसमेत जानकारी गराइन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न आफूहरुले सुझाव दिएको भन्दै उनले सत्ता पक्षका प्रमुख सचेतकले प्रधानमन्त्रीसँग छलफल गराउने प्रतिबद्धता सभामुखमार्फत व्यक्त गरेको पनि जानकारी दिइन् ।

त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले नियमावली अनुसार महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको उत्तर दिने व्यवस्थालाई कडाइका साथ लागू गर्न ध्यानाकर्षण गराइएको जानकारी दिए । कानुन मन्त्रीले प्रतिबद्धता जनाए पनि १४ गते सुरु हुने बैठकका लागि अहिलेसम्म एउटा पनि नयाँ विधेयक दर्ता नभएकोप्रति आफूहरुले ध्यानाकर्षण गराएको उनले बताए ।

छलफलपछि रास्वपा सचेतक प्रकाशचन्द्र परियारले भने सरकारले संसदलाई पर्याप्त बिजनेस उपलब्ध गराएकाले दसैँ अघिसम्म संसद् निरन्तर र सुचारु रूपमा चल्ने दाबी गरे । संसदको मर्यादा, मूल्य, मान्यता र परिणाममुखी सञ्चालनका लागि सवै दलहरु संवेदनशील र जिम्मेवार हुने छलफलको निष्कर्ष रहेको उनले बताए । उनले पछिल्लो समय आकस्मिक समयको प्रयोग गरेर मूल विषयभन्दा बाहिर जाने र टिकाटिप्पणी हुने प्रवृत्ति बढेकाले त्यसमा सुधार ल्याउने सहमति भएको जानकारी दिए ।

सो क्रममा सभामुख अर्यालले मर्यादित ढंगले सदनको कामकारबाहीलाई अघि बढाउन आग्रह गरेका थिए । करिब दुई साताका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक यही साउन १४ गते बस्दैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको  छ ।

भर्खरै