नेभिगेशन
समाज

प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच एक घण्टा वार्तामा के भयो छलफल ?

काठमाडौँ । दुई साता लामो विश्रामपछि प्रतिनिधिसभा बैठक भोलि (विहीबार) बस्दैछ । प्रधानमन्त्री बालेन शाहले जवाफ नदिए भोलि बस्ने बैठकमा पनि विपक्षी दलहरुले विरोध जनाउने निश्चित जस्तै छ ।

संसदमा विपक्षी दलहरुले प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई लिएर अवरोध गर्न थालेको जेठ १७ गतेदेखि हो । जेठ १७ गतेको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेनले सीमा विवादसँग सम्बन्धित विषयमा दिएको अभिव्यक्ति विवादित बनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुख डोलप्रसाद (डीपी) अर्यालले यसअघि पनि आफ्नो अभिव्यक्तिका बारेमा स्पष्ट पार्न प्रधानमन्त्री बालेनलाई आग्रह गरेका थिए । तर, बालेन त्यसपछि रोस्ट्रममा उभिएर संसदलाई सम्बोधन गरेका छैनन् ।

Ncell
Extreme Energy

भोलिदेखिका बैठक भने परिणामुखी र अवरोधरहित बनाउने सभामुख अर्यालको चाहना छ र सोही अनुसार पहल पनि गरेका छन् । त्यही पहल बमोजिम उनले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतक, संसदमा विपक्षी दलका नेता र एमाले संसदीय दलका नेतासँग छलफल गरे ।

सत्तारुढ र विपक्षी दलहरुसँग एकसरो छलफल गरेपछि सभामुख अर्यालले बुधबार (आज) अपराह्न प्रधानमन्त्री बालेनसँग एक घण्टा छलफल गरे । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेनसँग भएको छलफलबाट सभामुख अर्याल संसद् बैठक अवरोध नहुनेमा आशावादी देखिएका छन् ।

‘प्रधानमन्त्रीज्यूसँग आज भएको छलफलले आशा जगाएको छ’ सभामुख अर्यालले सिधाकुरासँग भने ।

प्रधानमन्त्रीसँग ‘सदनमा विपक्षीको विरोध, सरकारले दिने बिजेनस, सदनको प्रभावकारी सञ्चालन र प्रधानमन्त्रीको योजना’ लगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

मुख्य विषय विपक्षीले जारी राखेको विरोध थियो । ‘विपक्षीले निरन्तर अवरोध गरिरहेका छन्, यसमा तपाईंको योजना के छ ? भनेर सोधेँ’ सभामुख अर्यालले भने ।

सभामुखको यो प्रश्नमा प्रधानमन्त्री बालेनको जवाफ थियो– ‘म बिचार गर्छु।’

‘प्रधानमन्त्रीले बिचार गर्छु भन्नुभयो, पक्कै पनि उहाँले अवरोध खुलाउने पक्षमा नै बिचार गर्नु हुने छ भन्ने विश्वास छ’ सभामुख अर्यालले भने ।

प्रधानमन्त्रीको अभिव्यक्ति, सरकारका केही निर्णय, मन्त्रीहरुका अभिव्यक्ति तथा केही घटनाक्रमका कारण सरकारमाथि प्रश्न थपिरहेका छन् । गणेश नेपाली आत्मदाह प्रकरण र त्यसपछि मिडिया हाउसको गेटमा सरकार समर्थित व्यक्तिहरुले सवारी पार्किङ गरेको विषयले पनि सरकारमाथि प्रश्न उब्जाएको छ ।

संसदले छोटो समयमा धेरै कानुन बनाउनुपर्ने छ । कानुन बनाउन सरकारले नै सदनमा विधेयक दर्ता गर्नुपर्छ । विधेयक नै संसदको बिजनेस हो । बुधबार मात्रै मन्त्रिपरिषद बैठकले ९ विधेयकमा सदनमा दर्ता गर्न स्वीकृति दिने निर्णय गरेको छ । ती सबै विधेयक दर्ता भएमा सदनले बिजनेस पाउने छ ।

विपक्षी दलहरुले सदनमा प्रधानमन्त्री उपस्थित भएर यसअघिको अभिव्यक्ति स्पष्ट पार्न र नियमित प्रश्नोत्तर गर्न माग गरिरहेका छन् । प्रधानमन्त्रीमाथि रुलिङ गरेरै भए पनि आफूहरुको माग पूरा गर्न विपक्षी दलहरुले सभामुखमाथि दबाब दिइरहेका छन् ।

आजको छलफलपछि सभामुख अर्याल आशावादी देखिएका छन् र सदन बिनाअवरोध सञ्चालन हुने उनको अपेक्षा छ ।

सभामुख अर्यालले आजै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग छलफल गरे । दाहालसँगको भेटमा संसद्का समसामयिक विषय, संसदको प्रभावकारी सञ्चालन तथा विधायन प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले ११ वटा निर्णय गरेको छ ।
मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मंगलबार दिउँसो प्रदर्शनको नेतृत्व गरेका सहकारी पीडितहरुलाई मन्त्री रावलले मन्त्रालयमै भेट गरेकी थिइन् । मन्त्री रावलले आफूले काम गर्दा गर्दै उनीहरुले अनावश्यक दवाव दिनु उचित नभएको बताएकी थिइन्...
विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जबाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जबाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

महाधिवेशनबाट पारित भएभन्दा भिन्न विधान छापिएको र संसदीय दल नेतालाई सभापतिले निर्देशन दिने प्रस्ताव राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गणेश कार्की र डा तोसिमा कार्कीले प्रश्न...
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

आगाको सानै फिलिङ्गाले गावैँ सखाप बनाइ दिनसक्छ । चैत याममा त चुरोटको ठुटाले पनि सिंगै वन सखाप बनाइदिएको हामीले प्रशस्तै देखेका छौं । झगडाको चरित्र र स्वभाव पनि...