नेभिगेशन
समाज

मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

काठमाडौँ । सहकारी पीडितहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग छलफलपछि उनीहरु सडकमा आउन छोडेका हुन् । 

मंगलबार दिउँसो प्रदर्शनको नेतृत्व गरेका सहकारी पीडितहरुलाई मन्त्री रावलले मन्त्रालयमै भेट गरेकी थिइन् । मन्त्री रावलले आफूले काम गर्दा गर्दै उनीहरुले अनावश्यक दवाव दिनु उचित नभएको बताएकी थिइन् । उनले सहकारी पीडितका लागि आफूले मन्त्री भएपछि गरेका काम र पहलको फेहरिस्त नै बताएकी थिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा उनले आफूले सहकारीबाट पीडित बचतकर्ताका बचत रकम फिर्ता गर्न पहिलो दिनदेखि नै लागि परेको बताउँदै बचतकर्ताको साथ चाहिएको बताएकी थिइन् । ‘मलाई अहिले तपाईँहरुको दवाव होइन, सहयोगको खाँचो छ । कम्तिमा ६ महिनाको समय दिनुस् । म सहकारी पीडितका बचत रकम फिर्ता गराउन प्रतिवद्ध छु ।’ 

Marvel

मन्त्रीसँगको उक्त भेटपछि सहकारी पीडितहरुले आफ्ना सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् । सहकारी बचतकर्ता संरक्षण अभियानका अध्यक्ष कुशलव केसीले तत्कालका लागि विरोधका कार्यक्रम फिर्ता गरिएको बताए । ‘त्यो आन्दोलन होइन, ध्यानाकर्षण थियो । सरकारका निकायबाट सरकारले भनेजस्तो कार्य नभएपछि ध्यानाकर्षण गराउन हामी माइतिघरमा जम्मा भएका थियौँ ।’ उनले भने, ‘मन्त्री ज्यूले त्यसलाई सकारात्मक रुपमा लिनुभयो र तत्काले त्यसलाई सच्याउने प्रतिवद्धता व्यक्त गरेपछि सडकमा नआएका हौँ ।’ 

मंगलबार ठूलो संख्यामा सहकारी पीडितहरु माइतिघरमा भेला भएका थिए । उनीहरुको आरोप थियो, मिलापत्रका नाममा सरकारले थप पीडा दिन खोज्यो । 

उनीहरुले दिनभरजसो काठमाडौँको माइतिघरमा धर्नाका साथै पर्चा, पम्प्लेट प्रदर्शन गरेका थिए । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा उक्त प्रदर्शन आयोजना भएको थियो । मंगलबार माइतिघरमा जम्मा भएका सहकारी पीडितहरुको संख्याले उनीहरुको आन्दोलन थप चर्कने आंकलन सुरु भएको थियो । तर मन्त्रीसँगको सामान्य छलफलपछि उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । 

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा प्रतिभा रावल आएपछि ऐन तथा कानुनमा रहेका अड्चन हटाउँदै सहकारी पीडितका रकम फिर्ताको प्रक्रिया चलिरहेको छ । सहकारीका ऋणीहरुबाट ऋण असुली गर्दै साना बचतकर्ताको रकम फिर्ता भइरहेको छ । दैनिकजसो साना बचतकर्ताहरुले आफ्नो रकम फिर्ता पाइरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...