नेभिगेशन
समाज

मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

काठमाडौँ । सहकारी पीडितहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग छलफलपछि उनीहरु सडकमा आउन छोडेका हुन् । 

मंगलबार दिउँसो प्रदर्शनको नेतृत्व गरेका सहकारी पीडितहरुलाई मन्त्री रावलले मन्त्रालयमै भेट गरेकी थिइन् । मन्त्री रावलले आफूले काम गर्दा गर्दै उनीहरुले अनावश्यक दवाव दिनु उचित नभएको बताएकी थिइन् । उनले सहकारी पीडितका लागि आफूले मन्त्री भएपछि गरेका काम र पहलको फेहरिस्त नै बताएकी थिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा उनले आफूले सहकारीबाट पीडित बचतकर्ताका बचत रकम फिर्ता गर्न पहिलो दिनदेखि नै लागि परेको बताउँदै बचतकर्ताको साथ चाहिएको बताएकी थिइन् । ‘मलाई अहिले तपाईँहरुको दवाव होइन, सहयोगको खाँचो छ । कम्तिमा ६ महिनाको समय दिनुस् । म सहकारी पीडितका बचत रकम फिर्ता गराउन प्रतिवद्ध छु ।’ 

Ncell
Extreme Energy

मन्त्रीसँगको उक्त भेटपछि सहकारी पीडितहरुले आफ्ना सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् । सहकारी बचतकर्ता संरक्षण अभियानका अध्यक्ष कुशलव केसीले तत्कालका लागि विरोधका कार्यक्रम फिर्ता गरिएको बताए । ‘त्यो आन्दोलन होइन, ध्यानाकर्षण थियो । सरकारका निकायबाट सरकारले भनेजस्तो कार्य नभएपछि ध्यानाकर्षण गराउन हामी माइतिघरमा जम्मा भएका थियौँ ।’ उनले भने, ‘मन्त्री ज्यूले त्यसलाई सकारात्मक रुपमा लिनुभयो र तत्काले त्यसलाई सच्याउने प्रतिवद्धता व्यक्त गरेपछि सडकमा नआएका हौँ ।’ 

मंगलबार ठूलो संख्यामा सहकारी पीडितहरु माइतिघरमा भेला भएका थिए । उनीहरुको आरोप थियो, मिलापत्रका नाममा सरकारले थप पीडा दिन खोज्यो । 

उनीहरुले दिनभरजसो काठमाडौँको माइतिघरमा धर्नाका साथै पर्चा, पम्प्लेट प्रदर्शन गरेका थिए । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा उक्त प्रदर्शन आयोजना भएको थियो । मंगलबार माइतिघरमा जम्मा भएका सहकारी पीडितहरुको संख्याले उनीहरुको आन्दोलन थप चर्कने आंकलन सुरु भएको थियो । तर मन्त्रीसँगको सामान्य छलफलपछि उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । 

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा प्रतिभा रावल आएपछि ऐन तथा कानुनमा रहेका अड्चन हटाउँदै सहकारी पीडितका रकम फिर्ताको प्रक्रिया चलिरहेको छ । सहकारीका ऋणीहरुबाट ऋण असुली गर्दै साना बचतकर्ताको रकम फिर्ता भइरहेको छ । दैनिकजसो साना बचतकर्ताहरुले आफ्नो रकम फिर्ता पाइरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...