नेभिगेशन
सबै कुरा

दुर्घटना न्यूनीकरण गर्न सडकमै ट्राफिकको सचेतना कार्यक्रम

रौतहट । बाक्लो हुस्सु र चिसोको कारण सवारी दुर्घटनाको जोखिम हुने भएपछि रौतहट ट्राफिक प्रहरीले सचेतना अभियान सञ्चालन गरेको छ । 

दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यका साथ पुर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर बागमती सडक खण्डमा जिल्ला ट्राफिक प्रहारी कार्यालय रौतहटले सचेतना कार्यक्रम संचालन गरेको हो । 

पछिल्लो दुई सातादेखि रौतहट जिल्ला लगायत तराई–मधेसमा शीतलहर सँगसँगै बाक्लो हुस्सुका कारण जनजीवन अस्तव्यस्त बनेको छ । यस समयमा सवारी दुर्घटनाको जोखिम बढी हुने भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारी चालकहरुलाई सचेतना अभियान सञ्चालन गरेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए । विगतमा पनि बाक्लो हुस्सका कारण सवारी दुर्घटना भएकाले यस बर्ष चालकहरुलाई सचेत गर्ने अभियान थालिएको आचार्यले बताए ।  

हुस्सुका कारण सवारी दुर्घटनाको जोखिम अरुबेला भन्दा उच्च हुने भएकाले गाडीको बति बालेर यात्रा गर्न समेत चलाकलाई सुझाव दिएको उनको भनाई छ । दुर्घटना न्यूनिकरणका लागि चालकमा सचेतना अभियान, स्वास्थ्य परीक्षण, स्टिकर टाँस, हर्ने निषेध लगायतका कार्यक्रम गर्दै आएको र चेकजाँचमा कडाई गर्नुका साथै विभिन्न स्थानमा सिसिक्यामेरा समेत जडान गरिएको उनले बताए । 

बाक्लो हुस्सुका कारण राजमार्ग र भित्री सडकहरुमा गुड्ने साना ठुला सवारी साधनहरुले नजिकैको दृश्य पनि ठम्याउन नसक्दा सवारीहरु एक आपसमा ठोक्किने, सडकबाट तल झरेर पल्टने, पैदल यात्रुलाईलाई ठक्कर दिने लगायतका दुर्घटना जोखिम बढेकाले सचेतना अभियान प्रभाबकारी हुने बिश्वास ट्राफिक प्रहरीले लिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को मंसिर महिना सम्म २ सय ५३ वटा सवारी दुर्घटनामा १९ जनाले ज्यान गुमाएका छन् भने ४ सय २ जना घाइते भएका छन् । त्यसैगरी सोही अवधिमा ८ हजार ७३६ सवारी साधनहरुलाई कारवाही गरि ७० लाख ४८ हजार ५ सय राजस्व संकलन गरिएको र ३१ हजार १४६ जनाको सहभागितामा ७ सय १८ वटा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...