नेभिगेशन
सबै कुरा

दुर्घटना न्यूनीकरण गर्न सडकमै ट्राफिकको सचेतना कार्यक्रम

रौतहट । बाक्लो हुस्सु र चिसोको कारण सवारी दुर्घटनाको जोखिम हुने भएपछि रौतहट ट्राफिक प्रहरीले सचेतना अभियान सञ्चालन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यका साथ पुर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर बागमती सडक खण्डमा जिल्ला ट्राफिक प्रहारी कार्यालय रौतहटले सचेतना कार्यक्रम संचालन गरेको हो । 

Ncell
Extreme Energy

पछिल्लो दुई सातादेखि रौतहट जिल्ला लगायत तराई–मधेसमा शीतलहर सँगसँगै बाक्लो हुस्सुका कारण जनजीवन अस्तव्यस्त बनेको छ । यस समयमा सवारी दुर्घटनाको जोखिम बढी हुने भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारी चालकहरुलाई सचेतना अभियान सञ्चालन गरेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए । विगतमा पनि बाक्लो हुस्सका कारण सवारी दुर्घटना भएकाले यस बर्ष चालकहरुलाई सचेत गर्ने अभियान थालिएको आचार्यले बताए ।  

हुस्सुका कारण सवारी दुर्घटनाको जोखिम अरुबेला भन्दा उच्च हुने भएकाले गाडीको बति बालेर यात्रा गर्न समेत चलाकलाई सुझाव दिएको उनको भनाई छ । दुर्घटना न्यूनिकरणका लागि चालकमा सचेतना अभियान, स्वास्थ्य परीक्षण, स्टिकर टाँस, हर्ने निषेध लगायतका कार्यक्रम गर्दै आएको र चेकजाँचमा कडाई गर्नुका साथै विभिन्न स्थानमा सिसिक्यामेरा समेत जडान गरिएको उनले बताए । 

बाक्लो हुस्सुका कारण राजमार्ग र भित्री सडकहरुमा गुड्ने साना ठुला सवारी साधनहरुले नजिकैको दृश्य पनि ठम्याउन नसक्दा सवारीहरु एक आपसमा ठोक्किने, सडकबाट तल झरेर पल्टने, पैदल यात्रुलाईलाई ठक्कर दिने लगायतका दुर्घटना जोखिम बढेकाले सचेतना अभियान प्रभाबकारी हुने बिश्वास ट्राफिक प्रहरीले लिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को मंसिर महिना सम्म २ सय ५३ वटा सवारी दुर्घटनामा १९ जनाले ज्यान गुमाएका छन् भने ४ सय २ जना घाइते भएका छन् । त्यसैगरी सोही अवधिमा ८ हजार ७३६ सवारी साधनहरुलाई कारवाही गरि ७० लाख ४८ हजार ५ सय राजस्व संकलन गरिएको र ३१ हजार १४६ जनाको सहभागितामा ७ सय १८ वटा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।