नेभिगेशन
समाज

पासपोर्ट बनाउन पनि किन यति सास्ती ? (तस्बिरहरु)

काठमाडौँ । सम्भावनाको खोजी र देशभित्र अवसरको अभावले विदेश जान चाहनेको संख्या बढ्दो छ । तर, विदेश जाने पहिलो खुड्किलो अर्थात् पासपोर्ट बनाउनसमेत नागरिकले निकै सास्ती भोग्नुपरेको अवस्था छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको भीड निकै बढेको छ । उच्च शिक्षा र रोजगारीका लागि विदेश जान चाहने युवाहरु राहदानी (पासपोर्ट) बनाउन दिनभर लाइनमा बस्नुपर्ने बाध्यता छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लामा पनि राहदानी बनाउनेको चाप उत्तिकै छ । विभागले दैनिक १५ सयसम्म राहदानी छापिने दाबी गरे पनि भीड घटेको छैन ।

Marvel

दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)का लागि आवेदन दिनेको संख्या बढ्दा राहदानी विभागमा यतिबेला अत्यधिक चाप छ । सेवाग्राहीको चाप बढेपछि विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा बिहीबारदेखि दुई सिफ्टमा सुरु गरेको छ ।

विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ । साउन २२ सम्म सेवा प्रवाह दुई सिफ्टमा हुनेछ ।

यसैगरी, सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विभागबाट सेवा प्रवाह गरिने विभागले जनाएको छ। शव्द/चित्र: नेपाल फोटो लाइब्रेरी 

Passport-Department-Bhid_NPL-(10)-1785398985.jpeg

Passport-Department-Bhid_NPL-(9)-1785398985.jpeg

Passport-Department-Bhid_NPL-(12)-1785398985.jpeg

Passport-Department-Bhid_NPL-(14)-1785398985.jpeg

Passport-Department-Bhid_NPL-(2)-1785398984.jpeg

Passport-Department-Bhid_NPL-(1)-1785398984.jpeg

Passport-Department-Bhid_NPL-(4)-1785398984.jpeg

Passport-Department-Bhid_NPL-(8)-1785398984.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...