नेभिगेशन
समाज

पासपोर्ट बनाउन पनि किन यति सास्ती ? (तस्बिरहरु)

काठमाडौँ । सम्भावनाको खोजी र देशभित्र अवसरको अभावले विदेश जान चाहनेको संख्या बढ्दो छ । तर, विदेश जाने पहिलो खुड्किलो अर्थात् पासपोर्ट बनाउनसमेत नागरिकले निकै सास्ती भोग्नुपरेको अवस्था छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको भीड निकै बढेको छ । उच्च शिक्षा र रोजगारीका लागि विदेश जान चाहने युवाहरु राहदानी (पासपोर्ट) बनाउन दिनभर लाइनमा बस्नुपर्ने बाध्यता छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लामा पनि राहदानी बनाउनेको चाप उत्तिकै छ । विभागले दैनिक १५ सयसम्म राहदानी छापिने दाबी गरे पनि भीड घटेको छैन ।

Ncell
Extreme Energy

दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)का लागि आवेदन दिनेको संख्या बढ्दा राहदानी विभागमा यतिबेला अत्यधिक चाप छ । सेवाग्राहीको चाप बढेपछि विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा बिहीबारदेखि दुई सिफ्टमा सुरु गरेको छ ।

विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ । साउन २२ सम्म सेवा प्रवाह दुई सिफ्टमा हुनेछ ।

यसैगरी, सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विभागबाट सेवा प्रवाह गरिने विभागले जनाएको छ। शव्द/चित्र: नेपाल फोटो लाइब्रेरी 

Passport-Department-Bhid_NPL-(10)-1785398985.jpeg

Passport-Department-Bhid_NPL-(9)-1785398985.jpeg

Passport-Department-Bhid_NPL-(12)-1785398985.jpeg

Passport-Department-Bhid_NPL-(14)-1785398985.jpeg

Passport-Department-Bhid_NPL-(2)-1785398984.jpeg

Passport-Department-Bhid_NPL-(1)-1785398984.jpeg

Passport-Department-Bhid_NPL-(4)-1785398984.jpeg

Passport-Department-Bhid_NPL-(8)-1785398984.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मंगलबार दिउँसो प्रदर्शनको नेतृत्व गरेका सहकारी पीडितहरुलाई मन्त्री रावलले मन्त्रालयमै भेट गरेकी थिइन् । मन्त्री रावलले आफूले काम गर्दा गर्दै उनीहरुले अनावश्यक दवाव दिनु उचित नभएको बताएकी थिइन्...
कर्फ्यु लगाउँदा पनि प्रदर्शन नरोकिएपछि कप्तानगञ्जमा सेना परिचालन

कर्फ्यु लगाउँदा पनि प्रदर्शन नरोकिएपछि कप्तानगञ्जमा सेना परिचालन

कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनःसंरचनाको काम सुरु, दशैँअघि सम्पन्न गर्ने लक्ष्य

नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनःसंरचनाको काम सुरु, दशैँअघि सम्पन्न गर्ने लक्ष्य

गत साता मन्त्रालयले प्राप्त उजुरी तथा सार्वजनिक भएका भिडियो सामग्रीका आधारमा गरेको स्थलगत अनुगमनका क्रममा बाल मन्दिरको भौतिक अवस्था अत्यन्त जीर्ण रहेको, भवनभित्र पानी जम्ने, प्रभावकारी ढल निकासको...
काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।