नेभिगेशन
सबै कुरा

‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रको सार्थक पहलबाट मात्रै मुलुकको ऊर्जा क्षेत्रले फड्को मार्नसक्ने बताए । देशभित्र बिजुलीको खपत बढाउनुपर्नेमा जोड दिँदै उहाँले बचेको बिजुली बेचे व्यापारघाटा कम गर्न सरकार लागेको बताए ।  

Global Ime Bank

ऊर्जा क्षेत्रमा लगानीका लागि सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आर्थिक समृद्धिको चाहना साकार पार्न वर्तमान सरकार क्रियाशील रहेको दावी गरे । “आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन सरकारका प्रमुख प्राथमिकता हुन् । ”

आगामी वैशाखमा लगानी सम्मेलन आयोजना हुन लागेको जानकारी दिँदै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन कानुनी, संरचनागत सुधारका लागि सम्बन्धित निकायसँग छलफल गरेर निष्कर्षमा पुर्याइने बताए । भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति भएको भए पनि आन्तरिक खपत वृद्धि गर्ने विषय नै प्रमुख प्राथमिकतामा रहेको उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभापति रवि लामिछाने माथिको प्रतिशोध विरुद्ध रास्वपाको हस्ताक्षर महाअभियान

सभापति रवि लामिछाने माथिको प्रतिशोध विरुद्ध रास्वपाको हस्ताक्षर महाअभियान

पार्टी सभापति रवि लामिछाने माथि भएको राजनैतिक प्रतिशोधको विरुद्ध हस्ताक्षर महाअभियानका लागि काठमाडौँ  जिल्ला समितिले आज न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरेको हो ।
नल्लु खोलाको बाढीपछि बाँच्नै सकस : मनसुनसँगै फर्किएको त्रास, सरकारकाे बेवास्ता (तस्बिरहरु)

नल्लु खोलाको बाढीपछि बाँच्नै सकस : मनसुनसँगै फर्किएको त्रास, सरकारकाे बेवास्ता (तस्बिरहरु)

ललितपुरको गोदावरी नगरपालिका–६ अन्तर्गत ढुङ्गे, जुरे डाँडा, नयाँ बस्ती, गैरी गाउँ र टुसाल गाउँका बासिन्दा अहिले पनि बाढीको त्रासमा दिनरात कटाइरहेका छन्। गत असोजमा नल्लु खोलामा आएको भीषण...
एमालेभित्रको शक्ति-संघर्ष : मदन भण्डारी जन्मजयन्तीको कार्यक्रममा विद्या भण्डारीको ‘कमब्याक’ तयारी

एमालेभित्रको शक्ति-संघर्ष : मदन भण्डारी जन्मजयन्तीको कार्यक्रममा विद्या भण्डारीको ‘कमब्याक’ तयारी

पूर्वराष्ट्रपति तथा मदन भण्डारीकी पत्नी विद्या भण्डारीले यसै कार्यक्रमबाट सक्रिय राजनीतिमा पुनः प्रवेशको सन्देश दिने तयारी गरेको खबर बाहिरिएसँगै एमालेभित्र खैलाबैला मच्चिएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी...
प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै, यस्तो छ तालिका

प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै, यस्तो छ तालिका

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन प्रस्थान गर्न लागेका हुन् ।

भर्खरै