नेभिगेशन
सबै कुरा

तनहुँको व्यासका स्थानीयमा चितुवाको त्रास

तनहुँ ।  जिल्लाको व्यास नगरपालिकाको शिशाघाट साजामा केही दिनदेखि चितुवाको आतङ्क बढ्न थालेको छ । साँझपख र बिहानको समयमा चितुवा देखिनुका साथै पशुचौपाया मार्न थालेपछि स्थानीयवासी त्रासित भएका हुन् । 

व्यास–६ साजा, शिशाघाट क्षेत्रमा चितुवा आतङ्क बढ्न थालेको स्थानीय साजा टोल विकास संस्थाका सचिव कृष्ण ढुङ्गानाले बताए । उनका अनुसार केही दिनयता तीन बोका, चार बाच्छा र चार वटा कुकुर मारिसकेका छन् । 

Global Ime Bank

बस्ती नजिकै घनाजङ्गल रहेकाले साँझ र बिहानको समयमा हिँड्डुल गर्न समस्या भोग्नुपरेको स्थानीय बताउँछन् । गाईबस्तु र बाख्रा चराउन जाँदा दिउँसोको समयमा पनि चितुवा भेटिने गरेको स्थानीयवासी बताउँछन् । 

डिभिजन वन कार्यालयसँग समन्वय गरी खोर राखेर नियन्त्रण गरिदिने विषयमा विषयमा छलफल भइरहेको ढुङ्गानाले जानकारी दिए । त्यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल आसपास क्षेत्रमा चितुवा देखिन थालेपछि स्थानीयवासी त्रासित भएका छन् । 

साँझमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । उनका अनुसार साँझपख बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर जानबाट रोक्न अभिभावकलाई आग्रह गरिएको छ । 

चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षमा १३ बालबालिकाले ज्यान गुमाइसकेका डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । धनजनको क्षति हुनबाट रोक्न चितुवाका लागि पासो थापेर नियन्त्रण गर्न सकिने उनको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

परीक्षामा त्यस विद्यालयबाट सहभागी २९ विद्यार्थीमध्ये छ जनाले ४ जिपिए र बाँकीले ३।८ जिपिएभन्दा माथिको नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले जानकारी दिए ।
विद्या लक्षित ओलीको टिप्पणीः हामी मिसन ८४ अग्रसर छौँ, अवरोध गर्नेको हिसाबकिताब गरिनेछ

विद्या लक्षित ओलीको टिप्पणीः हामी मिसन ८४ अग्रसर छौँ, अवरोध गर्नेको हिसाबकिताब गरिनेछ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी क्रियाशिल राजनीतिमा कमब्याक गर्ने चर्चाका बिच ओलीको यस्तो टिप्पणी आएको हो ।
संसद्मा प्रधानमन्त्री बोल्न थाले, रास्वपा र राप्रपाका सांसदहरू बहिष्कार गरेर निस्किए

संसद्मा प्रधानमन्त्री बोल्न थाले, रास्वपा र राप्रपाका सांसदहरू बहिष्कार गरेर निस्किए

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउन रोष्टममा उक्लिएपछि भने रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।
सभापति रवि लामिछाने माथिको प्रतिशोध विरुद्ध रास्वपाको हस्ताक्षर महाअभियान

सभापति रवि लामिछाने माथिको प्रतिशोध विरुद्ध रास्वपाको हस्ताक्षर महाअभियान

पार्टी सभापति रवि लामिछाने माथि भएको राजनैतिक प्रतिशोधको विरुद्ध हस्ताक्षर महाअभियानका लागि काठमाडौँ  जिल्ला समितिले आज न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरेको हो ।

भर्खरै