नेभिगेशन
मुख्य समाचार

कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा भएको ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु भएको नेपाली राजदूतावास कुवेतले जानकारी दिएको छ । कुवेतको उत्तरी क्षेत्रमा मिति २०२६ जुलाई ३० मा भएको ड्रोन आक्रमणमा परी कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुमका सोमकुमार तामाङ (४४) को मृत्यु दूतावासले बताएको छ ।

यसबारे कुवेतको परराष्ट्र मन्त्रालय आधिकारिक जानकारी दिएको नेपाली राजदूतावासले जनाएको छ । तामाङको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता पठाउने लगायतका आवश्यक सम्पूर्ण कार्य सम्बन्धित निकायसँगको समन्वय एवम् सहकार्यमा यथाशक्य छिटो गर्ने दूतावासले बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यस संवेदनशील परिस्थितिमा कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई कुवेत सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरू पूर्णरूपमा पालना गर्दै संयमित भएर सुरक्षित स्थानमा रहन राजदूतावास हार्दिक अनुरोध गर्दछ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ । 

Ncell
Extreme Energy

761641747_4332924383629851_2363935375336767094_n-1785478446.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...