नेभिगेशन
समाज

यस्तो छ सिराहाको गोलबजार र लहान क्षेत्रको ताजा अवस्था (तस्बिरहरु)

सिराहा । सिराहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै गएको छ । यद्यपि, गोलबजार–लहान क्षेत्रमा जारी गरिएको कर्फ्यु भने अर्को सूचना नभएसम्म यथावत् रहने प्रशासनले जनाएको छ। 

पूर्व–पश्चिम राजमार्गमा बिहानदेखि सवारीसाधन र सर्वसाधारणको चहलपहल न्यून देखिएको छ । राजमार्ग तथा संवेदनशील स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएका छन्। नेपाली सेनाले गोलबजारका विभिन्न गाउँबाट मुख्य सडकमा निस्कने बाटो तथा गल्लीहरूमा समेत निगरानी बढाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुरानो चौक चोहर्वादेखि गोलबजारको गागन खोलासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ । कर्फ्युको पालना गराउन सुरक्षाकर्मीले सडकमा भेटिएका नागरिकलाई आवश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै फर्काइरहेका छन् भने अत्यावश्यक काममा हिँडेकाहरूलाई सोधपुछपछि गन्तव्यतर्फ जान दिएका छन् ।

Ncell
Extreme Energy

कर्फ्यु लागू नभएको सिरहाको कसहा क्षेत्रमा भने केही प्रदर्शनकारी पुनः पूर्व–पश्चिम राजमार्गमा उत्रिएका छन् । उनीहरूले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । 

तस्बिरः सुरेश राय/नेपाल फोटो लाइब्रेरी

Siraha-awastha-1-1785479186.jpg

Siraha-awastha-3-1785479185.jpg

Siraha-awastha-2-1785479185.jpg

Siraha-awastha-4-1785479184.jpg

Siraha-awastha-5-1785479184.jpg

Siraha-awastha-7-1785479183.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।