नेभिगेशन
समाज

यस्तो छ सिराहाको गोलबजार र लहान क्षेत्रको ताजा अवस्था (तस्बिरहरु)

सिराहा । सिराहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै गएको छ । यद्यपि, गोलबजार–लहान क्षेत्रमा जारी गरिएको कर्फ्यु भने अर्को सूचना नभएसम्म यथावत् रहने प्रशासनले जनाएको छ। 

पूर्व–पश्चिम राजमार्गमा बिहानदेखि सवारीसाधन र सर्वसाधारणको चहलपहल न्यून देखिएको छ । राजमार्ग तथा संवेदनशील स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएका छन्। नेपाली सेनाले गोलबजारका विभिन्न गाउँबाट मुख्य सडकमा निस्कने बाटो तथा गल्लीहरूमा समेत निगरानी बढाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुरानो चौक चोहर्वादेखि गोलबजारको गागन खोलासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ । कर्फ्युको पालना गराउन सुरक्षाकर्मीले सडकमा भेटिएका नागरिकलाई आवश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै फर्काइरहेका छन् भने अत्यावश्यक काममा हिँडेकाहरूलाई सोधपुछपछि गन्तव्यतर्फ जान दिएका छन् ।

Marvel

कर्फ्यु लागू नभएको सिरहाको कसहा क्षेत्रमा भने केही प्रदर्शनकारी पुनः पूर्व–पश्चिम राजमार्गमा उत्रिएका छन् । उनीहरूले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । 

तस्बिरः सुरेश राय/नेपाल फोटो लाइब्रेरी

Siraha-awastha-1-1785479186.jpg

Siraha-awastha-3-1785479185.jpg

Siraha-awastha-2-1785479185.jpg

Siraha-awastha-4-1785479184.jpg

Siraha-awastha-5-1785479184.jpg

Siraha-awastha-7-1785479183.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...