नेभिगेशन
नेताका कुरा

एमाले बागमती: किरणको पक्षमा बहुमत हस्ताक्षर, ओली जेएनलाई वचन दिँदैछन्– तपाईं नै संसदीय दल नेता

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशमा संसदीय दल नेता फेर्न बहुमत सांसदहरूको हस्ताक्षर जुटाइएको छ ।

एमाले बागमती इन्चार्जसमेत रहेका महेश बस्नेतले प्रदेश सांसद किरण थापामगरको पक्षमा बहुमत जुटाउन भूमिका खेलेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक नेताले बताएअनुसार शुक्रबार बिहान सचिव बस्नेतले गठ्ठाघरमा रहेको जर्मन हाउसमा बागमती प्रदेशका सांसद बोलाएर किरणका पक्षमा हस्ताक्षर गराएका हुन् । दलको बैठक बोलाउन भन्दै गराइएको हस्ताक्षरमा १३ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरिसकेका छन् ।

Marvel

एमाले बागमती प्रदेशमा २७ सांसद रहेकामा काठमाडौं–६, र ७ बाट निर्वाचित एक-एकजना प्रदेश सांसदले राजीनामा दिएर संघमा चुनाव लडेकाले २५ सांसद कायम छन् ।

बहुमत पुग्न १३ सांसदको हस्ताक्षर चाहिन्छ । आवश्यक मत जुटिसकेको सांसदहरूले बताएका छन् ।

यसैबीच अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेका छन् । किरण थापामगरको पक्षमा बहुमत जुटाउन उनैले सांसदहरूलाई गुण्डु बोलाएर 'कन्भिन्स' गरेका थिए ।

तर हाल प्रदेश संसदीय दल नेता रहेका जेएन थपलिया (जगन्नाथ) लाई बोलाएर ‘तपाईं नै दलको नेता हो’ भन्दै आश्वस्त तुल्याएको उनीनिकट एक नेताले भने ।

‘आफै किरण थापाको पक्षमा हस्ताक्षर गर्न सांसदहरूलाई निर्देशन दिइरहनुभएको छ। फेरि जेएनलाई बोलाएर दल नेता फेरिँदैन भन्नुभएछ,’ एक नेताले भने ।

गत शनिबार एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार बाँडफाँटमा सहमति भएको थियो ।

सहमतिअनुसार सुदूरपश्चिम र कर्णाली नेकपा र लुम्बिनी, बागमती र कोशी एमालेले लिनेछन् ।

लुम्बिनी र कोशीमा चेतनारायण आचार्य र हिक्मत कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने बागमतीमा किरणलाई बनाउने गरी ओलीले पहल थालेका हुन् ।

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल भने जेएनकै पक्षमा छन् ।

ओलीले पौडेल र पोखरेललाई बिहीबार गुण्डु बोलाएर मुख्यमन्त्रीको विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै