नेभिगेशन
नेताका कुरा

एमाले बागमती: किरणको पक्षमा बहुमत हस्ताक्षर, ओली जेएनलाई वचन दिँदैछन्– तपाईं नै संसदीय दल नेता

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशमा संसदीय दल नेता फेर्न बहुमत सांसदहरूको हस्ताक्षर जुटाइएको छ ।

एमाले बागमती इन्चार्जसमेत रहेका महेश बस्नेतले प्रदेश सांसद किरण थापामगरको पक्षमा बहुमत जुटाउन भूमिका खेलेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक नेताले बताएअनुसार शुक्रबार बिहान सचिव बस्नेतले गठ्ठाघरमा रहेको जर्मन हाउसमा बागमती प्रदेशका सांसद बोलाएर किरणका पक्षमा हस्ताक्षर गराएका हुन् । दलको बैठक बोलाउन भन्दै गराइएको हस्ताक्षरमा १३ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरिसकेका छन् ।

Ncell
Extreme Energy

एमाले बागमती प्रदेशमा २७ सांसद रहेकामा काठमाडौं–६, र ७ बाट निर्वाचित एक-एकजना प्रदेश सांसदले राजीनामा दिएर संघमा चुनाव लडेकाले २५ सांसद कायम छन् ।

बहुमत पुग्न १३ सांसदको हस्ताक्षर चाहिन्छ । आवश्यक मत जुटिसकेको सांसदहरूले बताएका छन् ।

यसैबीच अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेका छन् । किरण थापामगरको पक्षमा बहुमत जुटाउन उनैले सांसदहरूलाई गुण्डु बोलाएर 'कन्भिन्स' गरेका थिए ।

तर हाल प्रदेश संसदीय दल नेता रहेका जेएन थपलिया (जगन्नाथ) लाई बोलाएर ‘तपाईं नै दलको नेता हो’ भन्दै आश्वस्त तुल्याएको उनीनिकट एक नेताले भने ।

‘आफै किरण थापाको पक्षमा हस्ताक्षर गर्न सांसदहरूलाई निर्देशन दिइरहनुभएको छ। फेरि जेएनलाई बोलाएर दल नेता फेरिँदैन भन्नुभएछ,’ एक नेताले भने ।

गत शनिबार एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार बाँडफाँटमा सहमति भएको थियो ।

सहमतिअनुसार सुदूरपश्चिम र कर्णाली नेकपा र लुम्बिनी, बागमती र कोशी एमालेले लिनेछन् ।

लुम्बिनी र कोशीमा चेतनारायण आचार्य र हिक्मत कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने बागमतीमा किरणलाई बनाउने गरी ओलीले पहल थालेका हुन् ।

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल भने जेएनकै पक्षमा छन् ।

ओलीले पौडेल र पोखरेललाई बिहीबार गुण्डु बोलाएर मुख्यमन्त्रीको विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
देउवाको अपिल– एकपक्षीय महाधिवेशनमा सहभागी नहुनुस् (पूर्णपाठसहित)

देउवाको अपिल– एकपक्षीय महाधिवेशनमा सहभागी नहुनुस् (पूर्णपाठसहित)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले असोज ३ गते सुरु हुने १५औँ महाधिवेशन प्रक्रियामा सहभागी नहुन सार्वजनिक अपिल गरेका छन् ।
मकवानपुरमा विद्युतीय गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा विद्युतीय गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा यात्रुवाहक विद्युतीय गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ।
राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

भर्खरै