नेभिगेशन
सेयर

नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ । 
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४४ अङ्कले बढेर ४७० दशमलव १३ पुगेको छ । त्यस्तै फ्लोट सूचक एक अङ्कले बढेर १८४ दशमलव ५९ मा पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव ७७ अङ्कले बढेर १५९ दशमलव ४८ मा पुगेको छ ।

Ncell
Extreme Energy

आज विभिन्न कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर रु तीन अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूह बढेका छन भने दुई उपसमूह घटेका छन । 

आज १८० कम्पनीको सेयर बढ्यो भने ८२ कम्पनीको सेयर घट्यो । त्यसैगरी १३ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, लक्ष्मी भ्यालु फण्ड र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन । 
    
त्यस्तैगरी बोर्टलर्स नेपाल(तराई) लिमिटेड, कालिञ्चोक हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सेयर
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।
अस्पतालको गेटमै प्रसूति भएकी बविताकुमारीलाई भेट्न पुगे मन्त्री पोखरेल

अस्पतालको गेटमै प्रसूति भएकी बविताकुमारीलाई भेट्न पुगे मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत निरीक्षण गरेका छन्।