नेभिगेशन
नेताका कुरा

रास्वपाको जति छिटो उदय, त्यति छिटो पतन– महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक भविष्य लामो समय नटिक्ने दाबी गरेका छन् ।

शुक्रबार पार्टीको राजधानी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा रास्वपाको तीब्र उदयप्रति लक्षित गर्दै उनले भने, ‘यो शक्तिको जति छिटो उदय भएको छ, यसको पतन सम्भावना त्यति नै ज्यादा हुन्छ भन्ने बुझ्नुपर्छ । जति छिटो उदय, त्यति छिटो पतन।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेका लागि रास्वपा कुनै दीर्घकालीन चुनौती नभएको उनको बुझाइ छ।

Ncell
Extreme Energy

कार्यक्रममा महासचिव पोखरेलले एमाले सधैं गरिबी न्यूनीकरणको पक्षमा उभिएको दाबी गरे । एमालेले गरिबी जन्माउने नभई गरिबीबाट मुक्ति दिलाउने काम गरेको उनको तर्क थियो। पञ्चायतकालको अन्त्यमा ४५ प्रतिशत रहेको गरिबीको दरलाई घटाएर २० प्रतिशतमा झार्न पार्टी सफल भएको तथ्यांक पनि उनले यस दौरान प्रस्तुत गरे ।

राजनीतिक दाबीसँगै पोखरेलले एमालेभित्रै सुधार गर्नुपर्ने पक्षतर्फ पनि संकेत गरे । पार्टीबाट टाढिएका विभिन्न वर्ग र समुदायलाई पुनः जोड्ने अभियान तत्काल सुरु गर्नुपर्नेमा उनले जोड दिए । एमालेले जनतासँगको दूरी घटाउन र संगठनलाई अझ व्यापक बनाउन छिट्टै प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
देउवाको अपिल– एकपक्षीय महाधिवेशनमा सहभागी नहुनुस् (पूर्णपाठसहित)

देउवाको अपिल– एकपक्षीय महाधिवेशनमा सहभागी नहुनुस् (पूर्णपाठसहित)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले असोज ३ गते सुरु हुने १५औँ महाधिवेशन प्रक्रियामा सहभागी नहुन सार्वजनिक अपिल गरेका छन् ।
मकवानपुरमा विद्युतीय गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा विद्युतीय गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा यात्रुवाहक विद्युतीय गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ।
राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

भर्खरै