नेभिगेशन
नेताका कुरा

रास्वपाको जति छिटो उदय, त्यति छिटो पतन– महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक भविष्य लामो समय नटिक्ने दाबी गरेका छन् ।

शुक्रबार पार्टीको राजधानी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा रास्वपाको तीब्र उदयप्रति लक्षित गर्दै उनले भने, ‘यो शक्तिको जति छिटो उदय भएको छ, यसको पतन सम्भावना त्यति नै ज्यादा हुन्छ भन्ने बुझ्नुपर्छ । जति छिटो उदय, त्यति छिटो पतन।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेका लागि रास्वपा कुनै दीर्घकालीन चुनौती नभएको उनको बुझाइ छ।

Marvel

कार्यक्रममा महासचिव पोखरेलले एमाले सधैं गरिबी न्यूनीकरणको पक्षमा उभिएको दाबी गरे । एमालेले गरिबी जन्माउने नभई गरिबीबाट मुक्ति दिलाउने काम गरेको उनको तर्क थियो। पञ्चायतकालको अन्त्यमा ४५ प्रतिशत रहेको गरिबीको दरलाई घटाएर २० प्रतिशतमा झार्न पार्टी सफल भएको तथ्यांक पनि उनले यस दौरान प्रस्तुत गरे ।

राजनीतिक दाबीसँगै पोखरेलले एमालेभित्रै सुधार गर्नुपर्ने पक्षतर्फ पनि संकेत गरे । पार्टीबाट टाढिएका विभिन्न वर्ग र समुदायलाई पुनः जोड्ने अभियान तत्काल सुरु गर्नुपर्नेमा उनले जोड दिए । एमालेले जनतासँगको दूरी घटाउन र संगठनलाई अझ व्यापक बनाउन छिट्टै प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै