नेभिगेशन
समाज

आज कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा ?

काठमाडौँ । आइतबार राति सुनसरीको देवानगञ्ज(३ कप्तानगञ्जमा दुई पक्षबीच भएको झडपपछि कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनाव आज केही मत्थर भए पनि जनजीवन अझै सहज भएको छैन ।

आज पनि चार जिल्लाका विभिन्न ठाउँमा कर्फ्यु लागिरहेको छ भने एक जिल्लामा निषेधाज्ञा छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री सुधन गुरुङले कप्तानगञ्ज घटनामा मृत्यु भएका २ जनाको परिवारसँग गएराति सहमति गरेसँगै हिंसात्मक प्रदर्शन रोकिएको छ भने सिरहा गोलबजारमा हिजो मृत्यु भएका १ व्यक्तिको परिवारसँग पनि आज गृहमन्त्रीले वार्ता गरी सहमति गर्ने तयारी छ ।

Marvel

प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार गृहमन्त्री गुरुङ सुनसरीबाट सिरहा पुगेका छन् ।

प्रहरीका अनुसार, आज सुनसरी, सिरहा, सप्तरी र धनुषामा कर्फ्यु लागेको छ। सुनसरी कोशी प्रदेशमा पर्छ भने सिरहा, सप्तरी र धनुषा मधेश प्रदेशमा पर्छ ।

त्यस्तै मधेश प्रदेशको पर्सा (वीरगञ्जमा) भने निषेधाज्ञा जारी छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि वीरगन्जमा निषेधाज्ञा लगाएको हो । जिल्ला सुरक्षा समितिको निर्णयानुसार वीरगन्जमा पाँच जनाभन्दा बढी मानिसहरु जम्मारभेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइँदैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...