नेभिगेशन
समाज

आज कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा ?

काठमाडौँ । आइतबार राति सुनसरीको देवानगञ्ज(३ कप्तानगञ्जमा दुई पक्षबीच भएको झडपपछि कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनाव आज केही मत्थर भए पनि जनजीवन अझै सहज भएको छैन ।

आज पनि चार जिल्लाका विभिन्न ठाउँमा कर्फ्यु लागिरहेको छ भने एक जिल्लामा निषेधाज्ञा छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री सुधन गुरुङले कप्तानगञ्ज घटनामा मृत्यु भएका २ जनाको परिवारसँग गएराति सहमति गरेसँगै हिंसात्मक प्रदर्शन रोकिएको छ भने सिरहा गोलबजारमा हिजो मृत्यु भएका १ व्यक्तिको परिवारसँग पनि आज गृहमन्त्रीले वार्ता गरी सहमति गर्ने तयारी छ ।

Ncell
Extreme Energy

प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार गृहमन्त्री गुरुङ सुनसरीबाट सिरहा पुगेका छन् ।

प्रहरीका अनुसार, आज सुनसरी, सिरहा, सप्तरी र धनुषामा कर्फ्यु लागेको छ। सुनसरी कोशी प्रदेशमा पर्छ भने सिरहा, सप्तरी र धनुषा मधेश प्रदेशमा पर्छ ।

त्यस्तै मधेश प्रदेशको पर्सा (वीरगञ्जमा) भने निषेधाज्ञा जारी छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि वीरगन्जमा निषेधाज्ञा लगाएको हो । जिल्ला सुरक्षा समितिको निर्णयानुसार वीरगन्जमा पाँच जनाभन्दा बढी मानिसहरु जम्मारभेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइँदैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।