नेभिगेशन
समाज

विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित पार्टीका युवा नेताहरूले नयाँ अभियान अघि बढाउने घोषणा गरेका छन् । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘देश र काँग्रेस जोड्ने’ नाम दिइएको उक्त अभियान सभापति गगन थापा नेतृत्वको पक्ष र संस्थापन इतर समूहबीच संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्यका साथ सुरु गर्न लागिएको जनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेता नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी दिइएको छ ।  आयोजकका अनुसार पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने गरी भेलाको तयारी गरिएको छ । 

Ncell
Extreme Energy

अभियानका अगुवाहरूले नेपाली काँग्रेसको संगठनात्मक कमजोरीले लोकतान्त्रिक प्रणालीसमेत प्रभावित हुन सक्ने र त्यसबाट प्रतिगामी शक्तिलाई लाभ पुग्ने निष्कर्षका आधारमा एकताको पहल आवश्यक भएको बताएका छन् । उनिहरुले यो अभियान कुनै व्यक्ति, गुट वा पदकेन्द्रित नभई पार्टीको संस्थागत सुदृढीकरण र लोकतान्त्रिक मूल्यको संरक्षणलाई केन्द्रमा राखेर अघि बढाइने स्पष्ट पारेका छन । कार्यक्रमममा बोल्दै नेता नैनसिंह महरले पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको बताए । 

त्यस्तै पार्टीका अर्का नेता तथा राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले देश हाल गम्भीर चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दे सुनसरीबाट सुरू भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिएको, आर्थिक मन्दी, बेरोजगारी, युवा पलायन र सुशासनको संकटले जनजीवन कष्टकर बनेको बताए । उनले सरकार जनगुनासो सम्बोधन गर्न प्रभावकारी नभएको अवस्थामा मुख्य प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि समेत चिन्ताको विषय भएको बताए । 

भेलाले पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र कार्ययोजना सार्वजनिक गर्ने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।
कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

एक पदाधिकारीका अनुसार, महाधिवेशन बढीमा एक सातासम्म पर सार्ने तयारी छ । हाल महाधिवेशनका लागि तोकिएको अन्तिम १९ गते महाधिवेशन सुरु गर्ने वा अझ दुई दिन पर सारेर...
ओलीले थाले प्रदेश तहका नेता कार्यकर्तासँग छलफल

ओलीले थाले प्रदेश तहका नेता कार्यकर्तासँग छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार कोशी, मधेस, बागमती र राजधानी  प्रदेशका नेता-कार्यकर्ताहरूसँग छलफल गर्दैछन्। आज दिँउसो १ बजे भर्चुअल माध्यमबाट छलफल गर्न लागेको प्रचार विभाग प्रमुख...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

मन्त्रिपरिषद्को बैठक मंगलबार बस्ने भएको छ।