नेभिगेशन
समाज

३० महिनामा सक्नुपर्ने ६२ किलोमिटर हुलाकी सडक दस वर्षमा पनि बनेन

महेन्द्रनगर । चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन ।
 
पटक÷पटक ठेक्काको म्याद थपेर निर्माण व्यवसायीलाई काम गर्ने मौका पनि दिइयो । स्थानीयवासीदेखि सांसद, मन्त्रीदेखि राजनीतिज्ञहरूले समेत काम समयमा सम्पन्न गराउन आग्रह गरे तर अझै हुलाकी सडक नयाँ ठेक्का प्रक्रियामा रुमलिएको छ ।
 
तीस महिना भित्र निर्माण सक्ने गरी २०७३ फागुनको तीन चरणमा ठेक्का सम्झौता भई निर्माण सुरु भएको जिल्लाको दक्षिण क्षेत्रको हुलाकी सडक अझै पूरा हुन सकेको छैन । 
 
“पटक/पटक सम्झौता गरेर सडकको पहिलो र अन्तिम प्याकेज (डोकेबजार–बेलौरी र बेल्डाडी–दैजी खण्ड) सकिए पनि बीचको प्याकेज पुनः नयाँ ठेक्का दिने प्रक्रियामा छौँ,” हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले भने, “यो योजना समयमा सम्पन्न नहुनुमा ठेकेदारको प्राथमिकतामा परेन, हामीले काम गर्ने सबै खाले वातावरण तयार गरेर दिँदा पनि उनीहरू कामप्रति गम्भीर भएनन् ।”
 
डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेज (२० किमी) सडक, सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई हस्तान्तरणको प्रक्रियामा रहेको उनको भनाइ छ ।
 
“अन्तिम २४ किलोमिटर बेल्डाडी–दैजी खण्डको काम पनि सकिएर डिएलपी (त्रुटि दायित्व अवधि)मा छ ।” प्रमुख लामिछानेले भने, “म्याद थप, भुक्तानीलगायतका काममा कार्यालयबाट पूर्ण सहयोग रहँदा पनि ठेकेदारले पेटी ठेकेदार राख्ने । कामको भुक्तानी नदिनेलगायतका बदमासीले वर्षौंसम्म योजना सकिएन ।”
 
उनले योजनाअन्तर्गत बेलौरीदेखि बेल्डाडीसम्मको बीचको प्याकेजअन्तर्गत निर्माण कम्पनी बाबा हंस सिद्धिसाई जेभीले ११ किलोमिटर सडक कालोपत्रे बनाए पनि धेरै ठाउँमा भत्किसकेको बताए । “सो प्याकेजमा ठेकेदारले लापरबाही गरेपनि ठेक्का तोडेर अहिले नयाँ ठेक्काका लागि स्टिमेट तयार गरिरहेका छौँ । डेढ महिनाभित्र नयाँ ठेक्का खुल्छ,” उनले भने, “सोही खण्डमा भारतले दशगजालगायत सीमा विवाद गर्दा एक पचुई क्षेत्रमा एक हजार ४०० मिटर खण्ड कालोपत्रे गर्न नसकिने भयो । त्यो भाग छोडेर काम अघि बढाइनेछ ।”
 
नयाँ ठेक्का आह्वान गर्नुपर्ने बीचको प्याकेज यसअघि रु ४१ करोडमा ठेक्का सम्झौता भएको थियो । भने हुलाकी सडक कार्यालयबाट निर्माण व्यवसायीले रु २८ करोड भुक्तानीसमेत लिइसकेको थियो ।
 
यहाँको बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बेलौरी–बेल्डाडी खण्डको निर्माण पूरा गर्न धेरै पटक पहल भएपनि सडक नबनेको दुःखेसो पोखे । “हामीले यो बीचको अवधिमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई सडक निर्माणका विषयमा ज्ञापन बुझायौँ,” उनले भने, “भारतीय पक्षबाट अवरोध भएको भागमा कालोपत्रे गर्न भारतीय एसएसबीसँग पनि पहल गर्यौँ तर उपलब्धि भएन ।” उनले उक्त सडकखण्ड अहिले हिलाम्मे हुँदा स्थानीयवासीलाई हिँड्डुलमा समेत समस्या रहेको बताए । “हुलाकी सडक योजना कार्यालयबाट नयाँ ठेक्का हुँदैछ भन्ने सुनिएको छ,” उनले भने, “नयाँ ठेक्का खुलेपछि व्यवस्थित गर्दै समयमा निर्माण सक्नेगरी लाग्नुपर्छ । यो सडक नबन्दा जनप्रतिनिधिको पनि बेइज्जतको स्थिति भइसक्यो । सडक सम्पन्न नहुँदा दुःखी छौँ ।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारले भन्यो– होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप तालिमसहित रोजगारीमा जोड्छौं

सरकारले भन्यो– होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप तालिमसहित रोजगारीमा जोड्छौं

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप विकास तालिम प्रदान गरी रोजगारीमा आबद्ध गर्ने तयारी गरिएको छ ।
सबै पालिकामा मिसन पार्टी जागरण अभियान सुरु गर्न एमाले महासचिव पोखरेलको निर्देशन

सबै पालिकामा मिसन पार्टी जागरण अभियान सुरु गर्न एमाले महासचिव पोखरेलको निर्देशन

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘मिसन पार्टी जागरण’लाई पार्टी पुनर्जागरण र संगठन सुदृढीकरणको महत्वपूर्ण अभियानका रूपमा अघि बढाउन सबै पालिकामा तत्काल अभियान सुरु गर्न निर्देशन दिएका छन् ।
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल र मङ्गोलियाबीचको द्विपक्षीय सम्बन्ध, भूराजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ...
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, पहिरो पन्छाउने क्रममा एक्साभेटर पुरियो

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, पहिरो पन्छाउने क्रममा एक्साभेटर पुरियो

“पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ । अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ”, उनले भने, “पहिरो हटाउन सुरु गरिएको छ, ठूलो पहिरो गएकाले यातायात...