नेभिगेशन
समाज

शिक्षक महासंघले फेरि घोषणा गर्‍यो आन्दोलन, विद्यालय बन्द गरेर सडकमा आउने चेतावनी

काठमाडौँ । नेपाल शिक्षक महासंघले फेरि आन्दोलन घोषणा गरेको छ ।

अघिल्लो वर्ष काठमाडौँका सडकमा उत्रेर ठूलो आन्दोलन गरेको महासंघले त्यतिबेलाका सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै पुन आन्दोलनमा उत्रने घोषणा गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीकाअनुसार त्यतिबेला सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयनको मागसहित आन्दोलनमा जाने निर्णय महासंघले गरेको हो ।  

Ncell
Extreme Energy

महासंघले विगतमा भएका सहमतिका आधारमा अग्रगामी विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने, विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास कक्षाका शिक्षक तथा संघीय सिकाइ अनुदानका शिक्षकका लागि तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताको व्यवस्था गर्नुपर्ने, स्थायी शिक्षकको बढुवा, नयाँ सेवा प्रवेश गरेका शिक्षकलाई सहज सरुवाको व्यवस्था, दशौँ संशोधित शिक्षा नियमावलीका कारण विभिन्न समस्या सिर्जना समाधान गर्नुपर्ने माग राखेका छन् । 

महासंघले भदौबाट आन्दोलन सुरु गर्दैछ ।

भदौ ५ गते जिल्ला सदरमुकाममा विरोधसभा, भदौ १२ गते सडक केन्द्रीत धर्ना, भदौ २० गते विद्यालय बन्द गरी शैक्षिक हड्ताल, भदौ २४ गते काठमाडौँ केन्द्रीत आन्दोलन गरेर विशाल र्याली र आन्दोलन कार्यक्रम गर्ने तयारी महासंघको छ । 

महासंघले शिक्षकको सम्मान, शिक्षाको गुणस्तर र हकअधिकारका सुनिश्चितताका लागि हाम्रो आन्दोलन, हाम्रो अधिकार भन्ने नारा दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। तयारीस्वरूप भुटानी टोलीले गण्डकी प्रादेशिक क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ।
३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्।
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।