नेभिगेशन
समाज

कप्तानगन्ज घटनाका अर्का घाइते रवीन्द्रकुमार मेहताको काठमाडौँमा मृत्यु

काठमाडौँ । सुनसरीको कप्तानगन्ज घटनामा घाइते भएका रवीन्द्रकुमार मेहताको  उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ। 

देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका २१ वर्षीय मेहतालाई उपचारका लागि काठमाडौँ त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपचारका क्रममा मंगलबार उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी दिलिप ढुंगानाले जानकारी दिए। 
मेहताको यसअघि ​विराटनगरस्थित विराट नर्सिङ होममा लगिएपनि उपचार हुन नसकेपछि साउन १४ गते थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना ल्याइएको थियो । 

Marvel
Extreme Energy

साउन ९ गते कप्तानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी स्थानीय २१ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने केही घाइते भएका थिए । 

घाइते मध्ये स्थानीय २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरमा उपचारका क्रममा मृत्यु भएका थियो भने रवीन्द्र कुमार मेहताको मंगलबार मृत्यु भएको हो। योसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको उपलब्धि दुई देशको संयुक्त वक्तव्यबाट स्पष्ट हुने बताएका छन्।
पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

पर्सा प्रहरीले आपराधिक पृष्ठभूमि भएका ३५ जनाको प्रोफाइल तयार गरेको छ।