नेभिगेशन
समाज

संसदमा अमरेशको प्रश्नः मधेशमा आन्दोलन हुनासाथ किन गोली चल्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले मधेशमा आन्दोलन हुँदा साथ किन गोली चल्छ भन्ने प्रश्न गरेका छन् । 

राज्यले लाठि र अश्रुग्याँसमा भन्दा बढी बन्दुकमा लगानी गरेको भन्दै मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सिंहले भने ‘मेरो प्रश्न राज्यसँग छ, मधेशमा जहिले पनि केही समुदायको आन्दोलन हुँदा गोली मात्रै किन चल्छ ? लाठि किन चल्दैन ? टियरग्यास किन चल्दैन ?, प्रहरीलाई कसैले ढुंगा हान्यो भने उसले गोली हान्छ । किनभने उसलाई टियर ग्यास र लाठ्ठी दिइएको छैन ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले मधेशलाई पछि पार्ने, गरिब बनाउने र गोली चलाइहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै भने, ‘सरकारसँग आग्रह गर्न चाहन्छु, टियरग्यास र लाठिको व्यवस्था गरोस् । मधेशलाई पछाडि पार्ने, गरिब बनाउने र केही भयो भने गोली ठोक्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । किनभने मधेशले धेरै सहन सक्दैन।’

Ncell
Extreme Energy

सांसद सिंहले सामाजिक सद्भावकोलागि आम समुदायलाई अपिल गर्दै भने, ‘आजको आवश्यकता गरिबीसँग लड्ने, त्यो पिछडिएको पनसँग लड्ने हो, असमानतासँग लड्ने हो, समुदाय समुदाय बीच लड्ने समय होइन ।’

साथै उनले सुनसरी घटनाको सन्दर्भमा रास्वपा सभापति रवि लामिछानेले सर्वदवलीय बैठक राखेकोमाा धन्यवाद दिदै प्रधानमन्त्रीले पनि ढिलै भएपनि राष्ट्रको नाममा सम्बोधन गरेको उल्लेख गरे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। तयारीस्वरूप भुटानी टोलीले गण्डकी प्रादेशिक क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ।
३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्।
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।