नेभिगेशन
समाज

रवीन्द्रको परिवारलाई भेट्न टिचिङ पुगे गृहमन्त्री

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका रवीन्द्र मेहेताको परिवार र आफन्तलाई भेट्न गृहमन्त्री सुदन गुरुङ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

उनी केहीबेरअघि अस्पताल पुगेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२२ वर्षीय मेहेताको उपचारको क्रममा मंगलबार बिहान निधन भएको थियो ।

Ncell
Extreme Energy

यसअघि मृत्यु भएका तीन जनाको परिवारसँग सरकारले सहिद घोषणा, आर्थिक सहायता, परिवारका सदस्यलाई रोजगारीको व्यवस्थालगायत बुँदामा सम्झौता गरेको छ । रवीन्द्रका परिवार र आफन्तले पनि सरकारसँग उस्तै सम्झौता भएपछि मात्र शव अन्त्येष्टि गर्ने अडान राखेका छन् ।

यही विषयमा छलफल र सम्झौता गर्न गृहमन्त्री गुरुङ अस्पताल पुगेका हुन् ।

रवीन्द्रको मृत्युपछि अस्पतालमा उनका आफन्तले आज गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । 

तस्बिर: नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए । मोबाइल सेवाको...