नेभिगेशन
समाज

सदनमा विपक्षीले सुकुमबासीलाई लालपूर्जा देउ भन्ने, पालिकामा अवरोध गर्ने ?- मन्त्री रावल

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान तथा लालपुर्जा वितरणमा विपक्षी दलबाट असहयोग भएको गुनासो गरेकी छिन् । 
सदनमा विपक्षी दलहरुले वास्ताविक सुकुमबासी एवं भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउ भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेर दबाब दिएको तर तल विपक्षी दलहरुकै नेतृत्वमा प्रदेश र स्थानीय सरकारले अड्काएर अगाडि बढ्न नदिएको गुनासो मन्त्री रावलले गरेकी हुन् । 
कांग्रेस, एमाले र नेकपालगायत पुराना दलले सम्हालेको १४ वटा पालिकाले असहयोग गरेको तथ्यांक उनले सदनमै प्रस्तुत गरिन् । 
मन्त्री रावलले भनिन्,'हालसम्म जहाँ जहाँ उहाँहरुको विवरण पठायौ सम्बन्धित जिल्ला र पालिकामा, उहाँहरुको हकमा सम्बन्धित पालिका र वडाले सूचना निकालिदिनुपर्ने थियो । तर, चारवटा पालिकाबाहेक जहाँ जहाँ पठाइएको थियो, उनीहरुले त्यो परिवारको सूचना नै निकालिदिनु भएन । १४ वटा पालिकाले सूचना निकालिदिनुभएन । '

मन्त्री रावलले थप भनिन् ,'लालपूर्जा वितरण गर्नुपर्छ भनेर जरुरी महत्त्वको प्रस्ताव जुन विपक्षी दलहरुले ल्याउनुभयो, त्यो महसुस उहाँहरुले पालिकामा पनि गर्नुपर्यो । त्यही भएर सार्वजनिक महत्त्वको प्रस्ताव यहाँ दर्ता भएर छलफल भइरहेको छ, यसको एउटा कपी भए पनि सम्बन्धित पालिकालाई पठाइदिउ । पत्राचार गरिदिउ । त्यसले तपाईहरुको अपनत्व देखाउँछ । विपक्षी दललाई पनि लागेको कुरा यही हो, सुकुमबासी, अव्यवस्थित बसोबासीले छिटोभन्दा छिटो लालपूर्जा पाउनुपर्छ भन्ने कुरा विपक्षीले फिल गरेको छ भन्ने कुरा पालिका प्रमुखले पनि फिल गर्नुपर्याे '। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री रावलले स्थानीय तहमा पनि सबै राजनीतिक दलले सहयाेग गर्न आग्रह गरिन् । उनले भनिन्,'मकवानपुर गढी गाउँपालिका, मिथिला नगरपालिका, भोजपुर नगरपालिकामा परिपत्र गरिएको छ । यी पालिका प्रमुख नेपाली कांग्रेसबाट छन् । 
सरकारबाट अनुरोध गर्न चाहन्छु कि जस्तो खालको गम्भीर छलफल यहाँ भएको छ, जति गम्भीरताका साथ माननीयहरुले कुरा राख्नुभयो, यो कुरा तल सर्कुलर हुनुपर्यो । प्रदेश र पालिकामा सर्कुलर गर्नुपर्यो '।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए । मोबाइल सेवाको...