नेभिगेशन
समाज

Ultima Lifestyle ले ६० घण्टा ब्याट्री ब्याकअप भएकाे Headphones ल्याउँदै, पहिलो १९ जना ग्राहकले १९ रुपैयाँमै पाउने

काठमाडौँ । नेपाली अडियो तथा वेयरेबल ब्रान्ड Ultima Lifestyle ले नयाँ ओभर–इयर हेडफोन Ultima Bass 430 सार्वजनिक गर्दैछ । कम्पनीका अनुसार नयाँ हेडफोन आगामी अगस्ट ८ गतेदेखि आधिकारिक रूपमा बजारमा उपलब्ध हुनेछ । शक्तिशाली साउन्ड, लामो ब्याट्री ब्याकअप र आरामदायी डिजाइनसहितको Bass 430 मा आधुनिक फिचरहरू किफायती मूल्यमा उपलब्ध गराइएको कम्पनीको दाबी छ ।

Bass 430 मा 40mm Dynamic Drivers, Bluetooth 5.4 र ६० घण्टासम्मको Playback Time उपलब्ध छ। त्यस्तै, गेमिङका लागि 40ms Low Latency सहितको ‘Beast Mode’ समावेश गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कलिङका क्रममा स्पष्ट आवाजका लागि Environmental Noise Cancellation (ENC) प्रविधि प्रयोग गरिएको छ । हल्का Over-Ear Design, नरम Ear Cushions, IPX4 Sweat & Splash Resistance, Voice Assistant Support, Dual Device Pairing तथा AUX Playback लगायतका सुविधा पनि हेडफोनमा रहेका छन् ।

Ncell
Extreme Energy

कम्पनीले Bass 430 लाई संगीत सुन्ने, गेम खेल्ने, चलचित्र हेर्ने तथा दैनिक कलिङका लागि लक्षित गरेको जनाएको छ।

पहिलो १९ जनालाई १९ रुपैयाँमा

Ultima Lifestyle ले Bass 430 को लन्चसँगै विशेष अफरसमेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अगस्ट ७ गते बेलुका ८ बजे Ultima.com.np र Daraz मार्फत यसको Online Launch गर्नेछ । लन्च अफरअन्तर्गत प्रत्येक प्लेटफर्मका पहिलो १९ जना ग्राहकले १९ रुपैयाँमा Bass 430 खरिद गर्न पाउनेछन्। यो अफर ‘First Come, First Served’ आधारमा लागू हुनेछ ।

१९ रुपैयाँको अफर सकिएपछि प्रत्येक प्लेटफर्मका थप १९ जना ग्राहकले ४९९ रुपैयाँमा हेडफोन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, अगस्ट ८ गते Ultima Lifestyle का ९ वटा आधिकारिक आउटलेटमा प्रत्येक आउटलेटका पहिलो ३ जना ग्राहकले १९ रुपैयाँमा Bass 430 खरिद गर्न पाउनेछन्।

कति पर्छ मूल्य ?

विशेष लन्च अफर समाप्त भएपछि Ultima Bass 430 को आधिकारिक बिक्री मूल्य २,९९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । हेडफोन अगस्ट ७ गते बेलुका ८ बजेदेखि Ultima.com.np र Daraz मार्फत उपलब्ध हुनेछ भने अगस्ट ८ गतेदेखि Ultima Lifestyle का आधिकारिक आउटलेटहरूमा पनि बिक्री सुरु हुनेछ ।

यसका अतिरिक्त ग्राहकले Khalti, Jeevee, Fonepoints र Pathao Bazaar मार्फत पनि Bass 430 खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार Bass 430 मा उपलब्ध प्रमुख विशेषतामा ६० घण्टासम्मको Playback Time, 40mm Driver, 40ms Low Latency Beast Mode, Bluetooth 5.4, ENC, Voice Assistant Support, Soft Ear Cushions तथा Adjustable र Foldable Design रहेका छन् ।

Ultima Lifestyle नेपालमा अडियो, वेयरेबल तथा अन्य Lifestyle Accessories उत्पादन गर्दै आएको ब्रान्ड हो । कम्पनीले गुणस्तरीय इलेक्ट्रोनिक्स उत्पादनलाई किफायती मूल्यमा उपलब्ध गराउनुका साथै After-Sales Service लाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ।

Playtime-1785918621.jpg

Easy-Access-Controls-1785918621.jpg

Driver-1785918622.jpg

Beast-Mode-1785918622.jpg

Supreme-sound-1785918622.jpg

Bluetooth-1785918622.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इनड्राइभको फााइनान्सियल लिटरेसी कोर्समा २,५०० भन्दा बढी ड्राइभर पार्टनर सहभागी

इनड्राइभको फााइनान्सियल लिटरेसी कोर्समा २,५०० भन्दा बढी ड्राइभर पार्टनर सहभागी

इनड्राइभ एपको ड्राइभर मोड ड्राइभर एकेडेमी मार्फत उपलब्ध यो कोर्स ड्राइभर पार्टनरको दैनिक आर्थिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको हो । विशेषगरी दैनिक रूपमा आम्दानीमा उतारचढाव हुन सक्ने...
चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ । नयाँ...
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

कार्यक्रमलाई सम्बोधन गर्दै दत्ताले भने, ‘देशभर फैलिएको एनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको विविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपाल आउने पर्यटकहरूको यात्रा अनुभव अविश्मरणीय बनाउने विश्वास...