नेभिगेशन
समाज

ओली पछि हटे, कोशीमा कार्कीलाई नै निरन्तरता

काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई तत्काल पदबाट हटाउने तयारीबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन् । बुधबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा भएको छलफलपछि कार्कीलाई हालकै अवस्थामा मुख्यमन्त्रीका रूपमा निरन्तरता दिने सहमति भएको छ ।

तर अध्यक्षले आवश्यक ठानेका बेला पद छाड्ने समझदारी बनेको एमालेका एक पदाधिकारीले दाबी गरे । उनका अनुसार छलफलमा अध्यक्ष ओलीले प्रदेश अध्यक्ष, सचिव र मुख्यमन्त्री कार्कीको धारणा सुनेपछि, ुहाललाई काम गर्दै गर्नुस्, पछि उपयुक्त निर्णय गरौंलाु भनेको ती पदाधिकारीको दाबी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्का पदाधिकारीले बताएअनुसार महासचिव शंकर पोखरेलको भूमिकाले अहिलेको संकट टरेको हो । महासचिव पोखरेलले अध्यक्ष ओलीलाई अहिले कार्कीलाई नै निरन्तरता दिने पछि संवैधानिक संकट नआउने गरी कुनै उपाय निकाल्ने गरी बीचको बाटोबाट जानुपर्ने बताएका थिए । यसो नगरी हस्ताक्षर गरेर, बलमिच्याइँपूर्वक हटाउँदा आउने विग्रहको जिम्मा अध्यक्षले नै लिनुपर्ने बताएपछि ओली हच्किएको ती नेताको दाबी छ।

Ncell
Extreme Energy

यसअघि कार्कीले पार्टी कमिटीको औपचारिक निर्णयबिना व्यक्तिको मौखिक निर्देशनका आधारमा राजीनामा नदिने अडान लिँदै आएका थिए। अध्यक्ष ओलीले भने कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरिरहेका थिए ।

त्यसका लागि प्रदेश इन्चार्ज शेरधन राईलाई खटाएका थिए। राईले अध्यक्षको सन्देश भन्दै विराटनगरमा पुगेर कार्कीलाई मुख्यमन्त्री छाड्न भनेका थिए । आफूले छाडे संवैधानिक सङ्कट आउने बताउँदै आएका कार्कीको पद हाललाई जोगिएको छ । 

मंगलबारदेखि काठमाडौंमै रहेका कार्कीले बुधबारको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीसँग सकारात्मक छलफल भएको र बिहीबारसम्ममा सबै विषय टुंगिने बताएका छन् ।  उनले बुधबार पनि आफ्नो पुरानै अडान दोहोर्‍याएका हुन् वा होइनन् भन्ने प्रश्नमा भने प्रतिक्रिया दिन चाहेनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए । मोबाइल सेवाको...