नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरकाे प्रशासकीय अधिकृतमा प्रदिप परियार, बसन्त अधिकारी पुगे मधेश आयोग

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत रहेका बसन्त अधिकारले मेयरको निर्णयको माइन्युटनै परिवर्तन गरेको भन्दै काठमाडौँका मेयर बालेन्द्र शाहले बिदा बस्न भनेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै उनले बिदा छोट्याएर आउन खोजेपछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए ।

Ncell
Extreme Energy

महानगरबाट अधिकारीलाई सरकारले मधेश आयोगमा पठाएको छ भने उनको ठाउँमा राष्ट्रिय योजना आयोगमा रहेका सहसचिव परियारलाई पठाएको हो ।

यस्तै ६० किलो सुन प्रकरणमा तानिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई पनि नेपाल ट्रष्टको कार्यालयमा पठाएको छ । ६० किलो सुन तस्करीका नाइके दावा छिरिङसँग नियमित सम्पर्कमा रहेका अधिकारीको विषय सिधाकुराले प्रकाशन गरेपछि गृह मन्त्रालयले उनलाई मन्त्रालय तानेको थियो । हाल सामान्य प्रशासन मन्त्रालयमा जगेडामा रहेका उनलाई ट्रष्टको कार्यालयमा सरुवा गरेको हो । 

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

उनीहरूसँगै सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । सरुवा सूची अनुसार नारायण प्रसाद रिसाल गृहबाट अर्थ मन्त्रालय, सेवन्तक पोखरेललाई अर्थबाट मधेस प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवमा, सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोगबाट गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सचिवमा, वासु देव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गृह मन्त्रालयमा, परराष्ट्रका सहसचिव छविन्द्र पराजुलीलाई कोशी प्रदेशको प्रदेश सचिवमा पठाइएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।

भर्खरै