नेभिगेशन
समाज

बाटो भुलेर सम्पर्कविहीन बनेका तीन युवक भेटिए सकुशल

पोखरा । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा सम्पर्कविहीन भएका तीन युवक सकुशल फेला परेका छन्।

कास्कीको माछापुछ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जंगल क्षेत्रमा हराएका पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा बिहीबार बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा सकुशल भेटिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार तीनै जनाको उद्धार भइरहेको छ।

Ncell
Extreme Energy

बुधबार बिहान ८ बजेदेखि उनीहरूको मोबाइल सम्पर्कविहीन भएपछि परिवारले प्रहरीसँग खोजीका लागि अनुरोध गरेका थिए। त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए।

घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलका अनुसार उनीहरूलाई मोदी खोलापारि रहेको छुमरुङवेशी क्षेत्रमा फेला पारिएको हो। प्रारम्भिक जानकारीअनुसार जंगलमा बाटो बिराएपछि उनीहरू अलपत्र परेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। तयारीस्वरूप भुटानी टोलीले गण्डकी प्रादेशिक क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ।
३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्।
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।