नेभिगेशन
सबै कुरा

सुन तस्करीको डिल गरेका सहसचिव झलकराम अधिकारीलाई जिम्मेवारी

काठमाडौं । सरकारले विवादास्पद पृष्टभूमीका सहसचिव झलकराम अधिकारीलाई जिम्मेवारी तोकेको छ । ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका दावा छिरिङसंग सुन तस्कारीको डिल गरेको सिधाकुराको खुलासा पछि भदौ ७  गते देखि अधिकारी जिम्मेवारीबिहिन थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री नारायरणकाजी श्रेष्ठको रोजाईमा अध्यागन विभागको महानिर्देशक बनेका अधिकारीको तस्करी डील सिधाकुराले खुलासा गरेपछि उनी सामान्य प्रशासन मन्त्रालयको जगेडामा तानिएका थिए । तर, शुक्रबार सरकारले उनलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको छ । भदौ ७ देखि जगेडामा रहेका अधिकारीले ५ महिना पछि जिम्मेवारी ताेकिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।  

Ncell
Extreme Energy

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट मानिएका उनले ६० किलो सुन तस्करीका नाइके दावा छिरिङसँग विच्याटमा गरेको तस्कारीको संवाद सिधाकुराले सप्रमाण सार्वजनिक गरेको थियो । दावासँगको च्याटमा उनले धेरै पैसाको ठुलो कारोबारको कुरा मात्रै गरेका थिएनन्, दावाको गोदाममा भेटिएको सुन तस्करी हुने पानी तान्ने मोटरको तस्वीर र कागजात समेत पठाएका थिए । दावासँग संवाद भएको र भेटघाट भएको अधिकारी आफैँले सिधाकुरासँग स्वीकार नै गरेका थिए । 

दावा-अधिकारी कनेक्सन सिधाकुरामा प्रकाशन भएपछि गृहमन्त्रालयले अध्यागमनबाट फिर्ता बोलाए पनि बालुवाटारको दबावका कारण सीआईबीले पक्राउ गरेर अनुसन्धान गर्न भने सकेको थिएन । बरु बोलाएर सामान्य सोधपुछपछि बोलाएका बखत उपस्थित हुने कागज गराएर बिदा गरेको थियो । 

सम्बन्धित समाचार :

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

सिधाकुरा प्रभाव : अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए

सीआईबीको हिरासतमा हुनुपर्ने ‘झलकराम अधिकारी’ किन तानिए मन्त्रालय ?

अध्यागमनका तत्कालिन् महानिर्देशक झलकरामलाई अख्तियारले भरायो ‘१३ पन्ने’, सीआईबीले बयान लिने

दावासँग तस्करीको ‘डिल’ गर्ने झलकरामलाई सामान्य सोधपुछ, दिपेशको पनि हाजिरी मात्रै

गृहमन्त्री भन्छन् -झलकरामलाई पक्राउ गर्न सीआईबी स्वतन्त्र छ





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।

भर्खरै