नेभिगेशन
सबै कुरा

सुन तस्करीको डिल गरेका सहसचिव झलकराम अधिकारीलाई जिम्मेवारी

काठमाडौं । सरकारले विवादास्पद पृष्टभूमीका सहसचिव झलकराम अधिकारीलाई जिम्मेवारी तोकेको छ । ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका दावा छिरिङसंग सुन तस्कारीको डिल गरेको सिधाकुराको खुलासा पछि भदौ ७  गते देखि अधिकारी जिम्मेवारीबिहिन थिए । 

गृहमन्त्री नारायरणकाजी श्रेष्ठको रोजाईमा अध्यागन विभागको महानिर्देशक बनेका अधिकारीको तस्करी डील सिधाकुराले खुलासा गरेपछि उनी सामान्य प्रशासन मन्त्रालयको जगेडामा तानिएका थिए । तर, शुक्रबार सरकारले उनलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको छ । भदौ ७ देखि जगेडामा रहेका अधिकारीले ५ महिना पछि जिम्मेवारी ताेकिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।  

City Express

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट मानिएका उनले ६० किलो सुन तस्करीका नाइके दावा छिरिङसँग विच्याटमा गरेको तस्कारीको संवाद सिधाकुराले सप्रमाण सार्वजनिक गरेको थियो । दावासँगको च्याटमा उनले धेरै पैसाको ठुलो कारोबारको कुरा मात्रै गरेका थिएनन्, दावाको गोदाममा भेटिएको सुन तस्करी हुने पानी तान्ने मोटरको तस्वीर र कागजात समेत पठाएका थिए । दावासँग संवाद भएको र भेटघाट भएको अधिकारी आफैँले सिधाकुरासँग स्वीकार नै गरेका थिए । 

दावा-अधिकारी कनेक्सन सिधाकुरामा प्रकाशन भएपछि गृहमन्त्रालयले अध्यागमनबाट फिर्ता बोलाए पनि बालुवाटारको दबावका कारण सीआईबीले पक्राउ गरेर अनुसन्धान गर्न भने सकेको थिएन । बरु बोलाएर सामान्य सोधपुछपछि बोलाएका बखत उपस्थित हुने कागज गराएर बिदा गरेको थियो । 

सम्बन्धित समाचार :

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

सिधाकुरा प्रभाव : अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए

सीआईबीको हिरासतमा हुनुपर्ने ‘झलकराम अधिकारी’ किन तानिए मन्त्रालय ?

अध्यागमनका तत्कालिन् महानिर्देशक झलकरामलाई अख्तियारले भरायो ‘१३ पन्ने’, सीआईबीले बयान लिने

दावासँग तस्करीको ‘डिल’ गर्ने झलकरामलाई सामान्य सोधपुछ, दिपेशको पनि हाजिरी मात्रै

गृहमन्त्री भन्छन् -झलकरामलाई पक्राउ गर्न सीआईबी स्वतन्त्र छ





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

रास्वपाले  प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास÷कन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा...
सैनिक ब्यारेकबाट डेरामा सरे केपी ओली, महेश बस्नेतले मिलाइदिए व्यवस्था

सैनिक ब्यारेकबाट डेरामा सरे केपी ओली, महेश बस्नेतले मिलाइदिए व्यवस्था

जेनजी आन्दोलनका क्रममा प्रदर्शनका क्रममा ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएको छ । त्यसपछि नेकपा एमालका नेता महेश बस्नेतले गुण्डुमा ओलीकालागि घर व्यवस्था गरेको एमालेका नेताहरुले बताएका छन्।
बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

उनका अनुसार प्रवासीहरूले पासपोर्ट नभई, आफ्नो एनआइडी प्रयोग गरेर मात्र अनलाइन दर्ता गर्न सक्नेछन् । जसको एनआइडी ब्लक गरिएको छ, उनीहरूले अनलाइन दर्ता गर्न पाउने छैनन् र दर्ता...
वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ । छनोट चरण पार गर्दै तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य रहेको छ । विदाइ कार्यक्रममा नेपाली...