नेभिगेशन
समाज

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

काठमाडौँ । सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो भएको छ । 

शुक्रबार विहान १:१५ बजे सिन्धुपाल्चोक भोटेकोशी गाउपालिका ३ स्थित भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपी तातोपानीमा उत्तर पश्रिमतर्फ रहेको २००/३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिरो झरी एक आपसमा ठक्कर खाँदा उछिट्टेका ढुगांहरुले मानवीय क्षति केही नभएको तर भौतिक क्षति भएको सशस्त्र प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

प्रहरीकाअनुसार पहिलो लाइन ब्यारेकको झ्यालको १ वटा सिसा फुटेको, दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको; जस्ताको छानोमासमेत ६ वटा प्वाल परेको, ड्युटी पोष्ट एउटा पूर्ण क्षति र एउटा आंशिक क्षति भएको, सि.अ.को बाथरुमको भित्तामा प्वाल परेको, हिमाली ज्याकेटमा ढुंगाले लागि प्वाल परेको, राष्ट्रिय झण्डा राखेको पोल पुर्ण क्षति, जिन्सी स्टोर भवनमा ३ वटा प्वाल परेको, मेनगेट अगाडिको सिँढीमा क्षति भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले बगाएको गैँडा डार्ट गरी ट्रकमा राखेर कसरा ल्याइँदै

बाढीले बगाएको गैँडा डार्ट गरी ट्रकमा राखेर कसरा ल्याइँदै

उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा अमित सडौलाको नेतृत्वमा टोली सोमबार नै सुस्ता पुगेको थियो । आज दिउँसो नवलपरासीको...
भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। तयारीस्वरूप भुटानी टोलीले गण्डकी प्रादेशिक क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ।
३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्।
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।