नेभिगेशन
नेताका कुरा

सरकारको नियतमा प्रश्न छैन, सञ्चालनको ढंग पुगेन कि– मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियत र इमानदारीमा प्रश्न गर्ने ठाउँ नरहे पनि सरकार सञ्चालनको शैलीमा भने कमजोरी देखिएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बैठकलाई सम्बोधन गर्दै सांसद झाले सरकारको काम गर्ने शैलीमा कताकता ढंग नपुगेको महसुस भएको र त्यसलाई सरकारले स्वीकार गरेर जानुपर्ने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले वर्तमान परिस्थितिमा लोकतान्त्रिक राज्य सञ्चालन, संविधानको संरक्षण र राज्यप्रति नागरिकको भरोसा कायम राख्न राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई मूलमन्त्र बनाउनुपर्ने बताए ।

Ncell
Extreme Energy

‘राज्य प्रणालीमा, राज्य सञ्चालनमा, संविधान र लोकतन्त्रको संरक्षणमा के मूलमन्त्र आवश्यक छ भनेर हेर्दा राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास आवश्यक देखिन्छ,’ उनले भने, ‘यी दुई कुरालाई लक्षित गरेर राज्य सञ्चालन र हाम्रा सबै पद्धतिलाई केन्द्रित गरियो भने हामी केही हासिल गर्न सक्छौं ।’

सांसद झाले वर्तमान सरकारको योजना र उद्देश्यमा खराबी नदेखिएको तर त्यसलाई कार्यान्वयन गर्ने शैलीमा समस्या रहेको बताए ।

‘अहिलेको कुरामा इन्टिग्रिटीको प्रश्न छैन । इन्टिग्रिटीमा कुनै पनि शंका छैन । इन्टेन्सनमा पनि कुनै प्रश्न छैन,’ उनले भने, ‘तर कताकता ढंग नपुगेको हो कि भन्ने लाग्छ । र त्यो स्वीकार्नुपर्छ ।’

सरकारले आफ्नो कमजोरी स्वीकार गरेर सिक्ने र सुधार्ने क्षमता विकास गर्नुपर्ने उनको भनाइ थियो ।

कम ज्ञान भएका व्यक्तिमा आफूलाई आवश्यकताभन्दा बढी जान्ने र आफ्नो क्षमताको बढी मूल्यांकन गर्ने प्रवृत्ति देखिन सक्ने भन्दै झाले सरकारलाई आत्ममूल्यांकन गर्नसमेत सुझाव दिए ।

उनले अंग्रेजीको भनाइ उद्धृत गर्दै आफूलाई के थाहा छैन भन्ने थाहा पाउनु र आवश्यक कुरा सिक्नु महत्त्वपूर्ण रहेको बताए ।

आफूलाई सबै कुरा थाहा भइसकेको महसुस गर्ने दिनदेखि सिकाइ र सुधारको प्रक्रिया रोकिने उनको आशय थियो ।

‘हामीले हरेक दिन यो राज्य प्रणालीको सञ्चालनका कुरामा अझै ढंग सुधार्नुपर्छ कि जस्तो लाग्छ,’ उनले भने ।

सांसद झाले राज्य सञ्चालनलाई समाजको शिक्षा, राजनीति, लोकतन्त्र, सामाजिक सन्तुलन र न्यायसँग जोडेर हेर्नुपर्ने धारणा राखे ।

‘समाज शिक्षित नभएसम्म त्यहाँ राजनीति जीवित रहँदैन । यदि राजनीति जीवित छैन भने लोकतन्त्र जीवित हुँदैन,’ उनले भने, ‘यदि लोकतन्त्र जीवित छैन भने त्यस्तो समाजमा सामाजिक सन्तुलन जीवित रहँदैन । समाजमा सामाजिक सन्तुलन छैन भने सामाजिक न्याय जीवित रहँदैन ।’

उनले नेपालको दिगोपन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने मधेश, प्रवास र निजी क्षेत्रलाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । तर अहिले यी तीनै क्षेत्र असुरक्षित र त्रसित रहेको उनको टिप्पणी थियो ।

मधेशमा केही समयअघि देखिएको तनावलाई संकेत गर्दै झाले समस्या तत्काल साम्य भए पनि त्यसको आधारभूत कारण समाधान भइनसकेको बताए ।

‘मधेशमा भर्खरै आगो बल्यो । हामीले जसोतसो निभाउन सक्यौं । तर म यो सम्मानित सदनबाट सरकारलाई सन्देश दिन चाहन्छु—आगो निभेको हो, दाउरा निभेको छैन,’ उनले भने ।

उनले सीमा क्षेत्रमा राज्यले गर्ने व्यवहार र विमानस्थलमा हुने व्यवहारबीच देखिएको अन्तरप्रति पनि प्रश्न उठाए ।

‘त्यहाँ २५ रुपैयाँको चिप्स खोसिन्छ । तर सन्तुलन छैन भन्ने कुरा हेर्नुस् न, एयरपोर्टमा त ब्लु लेबल र ल्यापटप ल्याउन दिनुभएको छ । अनि मधेशको बोर्डरमा २५ रुपैयाँको चिप्स किन खोसिँदैछ ?’ उनले प्रश्न गरे ।

सीमाबाट आउने गरिब नागरिक र विमानस्थलबाट आउने धनी नागरिकलाई राज्यले फरक व्यवहार गर्न नहुने उनको भनाइ थियो ।

‘बोर्डरबाट आउने गरिबलाई एउटा व्यवहार र एयरपोर्टबाट आउने धनीलाई अर्को व्यवहार किन? कहाँसे आते है ये लोग? और कहाँसे आते है ये सोच? भन्ने ठूलो प्रश्न जनताले सोधिरहेका छन्,’ उनले भने ।

राज्यका व्यवहारमा सन्तुलन कायम हुन नसके त्यसले नागरिकमा राज्यप्रतिको भरोसा कमजोर बनाउने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।