नेभिगेशन
समाज

ब्रोड पिकमा अस्ताएका आरोहीको सम्झनामा 'ट्रिब्युट रन' (तस्बिरहरु)


काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको सम्झनामा काठमाडौंमा 'ट्रिब्युट रन ५के' आयोजना गरिएको छ।

कपनको बालुवाखानीबाट सुरु भएको पाँच किलोमिटर दौड बौद्धस्थित बौद्धनाथ स्तुपामा पुगेर सम्पन्न भयो। दौडमा सहभागी आरोही, पर्वतारोहणप्रेमी, धावक तथा सर्वसाधारणले बौद्धनाथ पुगेर ब्रोड पिकमा ज्यान गुमाएका नेपाली आरोहीहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका निर्मल पुर्जा ९निम्स० नेतृत्वको नेपाली टोलीको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ। सहभागीहरूले दिवंगत आरोहीहरूको सम्झनामा दीप प्रज्ज्वलनसमेत गरेका छन्।

Ncell
Extreme Energy

आयोजकका अनुसार 'ट्रिब्युट रन ५के' केवल दौड प्रतियोगिता नभई हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीप्रति सम्मान र श्रद्धा व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम हो। पर्वतारोहण क्षेत्रमा योगदान पुर्‍याएका आरोहीहरूको साहस, समर्पण र योगदानलाई स्मरण गर्दै उनीहरूको परिवारप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

ब्रोड पिकमा भएको हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका आरोहीले ज्यान गुमाएका छन्। घटनाले नेपालको पर्वतारोहण क्षेत्रमा समेत गहिरो क्षति पुर्‍याएको छ। दिवंगत आरोहीहरूको सम्मानमा यसअघि पनि काठमाडौंमा विभिन्न श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना हुँदै आएका छन्।
कार्यक्रममा सहभागीहरूले आरोहीहरूको योगदानलाई स्मरण गर्दै हिमाल आरोहणलाई सुरक्षित, व्यवस्थित र जिम्मेवार बनाउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन्। उनीहरूले हिमालमा हुने जोखिम न्यूनीकरण, उद्धार प्रणालीको सुदृढीकरण तथा आरोहीको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। तस्बिर- नेपाल फोटो लाइब्रेरी

Tribute-Run_-737-1786173179.jpg

Tribute-Run_-740-1786173181.jpg

Tribute-Run_-744-1786173183.jpg

Tribute-Run_-745-1786173185.jpg

Tribute-Run_-734-1786173177.jpg

Tribute-Run_-735-1786173177.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। तयारीस्वरूप भुटानी टोलीले गण्डकी प्रादेशिक क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ।
३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्।
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।