नेभिगेशन
समाज

सात दलले घोषणा गरे अग्रगामी मोर्चा

काठमाडौँ । विभिन्न सात राजनीतिक दलले आज अग्रगामी मोर्चा घोषणा गरेका छन्।

मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी,   जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी,  प्रभु साह नेतृत्वको आम जनता पार्टी र बहुजन एकता पार्टी आबद्ध छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोर्चाको अवधारणापत्रमा सातै दलका नेताहरुले हस्ताक्षर गरेका छन् । काठमाडौँ नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा अहिले घोषणा सभा चलिरहेको छ ।

Ncell
Extreme Energy

सभामा जनमत पार्टीका अध्यक्ष सीके राउतले सबै विचारधारा र वर्गलाई प्रतिनिधित्व गर्ने दलहरु मिलेर मोर्चा घोषणा गरिएको बताए ।

तत्कालका लागि कार्यगत एकता एकता गर्ने र आगामी चुनावमा साझा चिन्ह लिएर चुनावमा जानेसम्मको सहमति मोर्चामा आबद्ध दलहरुका बीचमा भएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...