नेभिगेशन
समाज

महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।

स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसमा आज भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले साउन २४ गते सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले पार्टीलाई मौलिक इतिहास, त्याग र जगमा फर्काउँदै नयाँ ढंगले अघि बढाइने पनि बताए । सत्ताका लागि कसैसँग सम्झौता नगर्ने उनको भनाइ थियो ।

Ncell
Extreme Energy

कांग्रेसले असोज तेस्रो साता महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

पार्टीको आधिकारिताबारे सर्वोच्च अदालतको पछिल्लो आदेशका कारण कोही पनि विचलित नहुन थापाले आग्रह गरे ।

केन्द्रीय समितिको बैठकपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, सभापति थापाले भने ।

कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्दैछ । केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न आज पदाधिकारी बैठक बसिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।