नेभिगेशन
नेताका कुरा

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।

सुरुमा देउवा १४ साउनमा नेपाल आउने भनिएको थियो । परीक्षण नसकिएको भन्दै २४ गतेका लागि तोकियो । लगत्तै २६ आउने भनेर नेताहरुले बताए । आज फेरि उनी २८ साउनमा स्वदेश फर्किने नेताहरुले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस नेता प्रकाशशरण महतका अनुसार देउवा आगामी बिहीबार ९साउन २८ गते० मध्यान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने छन् ।

Ncell
Extreme Energy

महतले विमानस्थलमा देउवालाई भव्य स्वागत गरिने बताएका छन् । देउवाको स्वागतमा विमानस्थलमा आउन कांग्रेसका इतर पक्षका नेताहरुले नेता कार्यकर्ताहरुलाई आग्रह गरिसकेका छन् ।

इतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्दै छ । भेला अगावै देउवा नेपाल आउने भए पनि उनी सहभागी हुन्छन् वा हुँदैनन्, निश्चित छैन।

देउवा १३ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।