नेभिगेशन
नेताका कुरा

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।

सुरुमा देउवा १४ साउनमा नेपाल आउने भनिएको थियो । परीक्षण नसकिएको भन्दै २४ गतेका लागि तोकियो । लगत्तै २६ आउने भनेर नेताहरुले बताए । आज फेरि उनी २८ साउनमा स्वदेश फर्किने नेताहरुले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस नेता प्रकाशशरण महतका अनुसार देउवा आगामी बिहीबार ९साउन २८ गते० मध्यान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने छन् ।

Ncell
Extreme Energy

महतले विमानस्थलमा देउवालाई भव्य स्वागत गरिने बताएका छन् । देउवाको स्वागतमा विमानस्थलमा आउन कांग्रेसका इतर पक्षका नेताहरुले नेता कार्यकर्ताहरुलाई आग्रह गरिसकेका छन् ।

इतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्दै छ । भेला अगावै देउवा नेपाल आउने भए पनि उनी सहभागी हुन्छन् वा हुँदैनन्, निश्चित छैन।

देउवा १३ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।