नेभिगेशन
मुख्य समाचार

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिन्डर सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले भारतबाट ग्यासको आयात बढिरहेकाले बजारमा ग्यासको अभाव नहुने जनाएको छ। संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।

संघका अध्यक्ष दिवानबहादुर चन्दले शुक्रबार विज्ञप्ति जारी गर्दै भारतबाट सहज रूपमा एलपी ग्यास आयात भइरहेको र उद्योगहरूले सिलिन्डर रिफिल गरी निरन्तर बजारमा पठाइरहेकाले ग्यास अभावको अवस्था नरहेको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुन्छ। आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले अभाव देखिने सम्भावना छैन,’ विज्ञप्तिमा भनिएको छ।

Marvel
Extreme Energy

नेपाल आयल निगमका अनुसार पछिल्लो २२ दिनमा भारतका विभिन्न रिफाइनरीबाट ३९ हजार ७७४ मेट्रिकटन एलपी ग्यास आयात भएको छ। ग्यासको आयात अघिल्लो अवधिको तुलनामा करिब १५ प्रतिशतले बढेको निगमले जनाएको छ।

यो गतिलाई आधार मान्दा चालु आर्थिक वर्षको साउनमा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो।

संघले बजारको मागअनुसार ग्यास उपलब्ध गराउन उद्योगहरूले हरसम्भव प्रयास गरिरहेको जनाएको छ। साथै, बिक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः चितवनजविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

एनपिएलः चितवनजविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । त्यससँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।
एनपिएल क्रिकेटः कर्णालीमाथि काठमाडौँको जित

एनपिएल क्रिकेटः कर्णालीमाथि काठमाडौँको जित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौँले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । काठमाडौँ पहिलो खेलमा जनकपुर...
झापाका भूमिहीनलाई लालपुर्जा वितरणमा भएको ढिलाइमा मन्त्री रावल असन्तुष्ट,  कामलाई तीव्रता दिन निर्देशन

झापाका भूमिहीनलाई लालपुर्जा वितरणमा भएको ढिलाइमा मन्त्री रावल असन्तुष्ट,  कामलाई तीव्रता दिन निर्देशन

सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशमार्फत नीतिगत सुधार गरिसकेको उल्लेख गर्दै उनले कानुनी तथा नीतिगत व्यवस्थामा अझै केही अप्ठ्यारा भए सरकारले सहजीकरण गर्ने बताइन् । समस्या समाधानका लागि...