नेभिगेशन
समाज

देशभर वर्षा जारी, मधेशमा अझै सुख्खा

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । तर मधेशका केही क्षेत्रमा भने पर्याप्त पानी पर्न नसक्दा सुख्खा अवस्था कायमै छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार सोमबार पनि देशका विभिन्न भागमा वर्षा हुने देखिएको छ । मधेशका केही स्थानमा पानी परे पनि कतिपय क्षेत्रमा अझै वर्षा हुन सकेको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार मंगलबार पूर्वी आधा नेपालका थोरै स्थानमा मात्रै वर्षा हुने सम्भावना छ । त्यसपछि भने वर्षा फेरि देशभर फैलिनेछ ।

Ncell
Extreme Energy

‘नेपालभरी वर्षा जारी छ । आज पनि देशभरी पानी पर्ने छ भने मधेशलाई अझै मौसमले हेला गरिरहेको छ,’ पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘केही ठाउँमा पानी परे पनि केही ठाउँ अझै सुखा छन् ।’

उनका अनुसार बुधबारदेखि देशका धेरै ठाउँमा वर्षाको गतिविधि बढ्ने देखिएको छ । मनसुनजन्य प्रणालीका कारण आगामी दिनमा पनि वर्षा निरन्तर रहने सम्भावना रहेको उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागले पनि मनसुन अवधिमा वर्षाको स्थान र मात्रा फरक–फरक हुन सक्ने भएकाले स्थानीय अवस्थाअनुसार मौसममा परिवर्तन आउन सक्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।
असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ गतेदेखि तीन दिनसम्म भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएको खबर भ्रामक रहेको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।
अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने प्रयास भएको भन्दै ओलीले त्यसलाई ‘अपराधपूर्ण क्रियाकलाप’ को संज्ञा दिए। केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमा गरिएको तर अब त्यस्तो नहुने उनले बताए।
बाढीले कानाबगरका ३१ घर बगायो (तस्बिरकथा)

बाढीले कानाबगरका ३१ घर बगायो (तस्बिरकथा)

गत आइतबार निसीखोलामा आएको बाढीले निसीखोला गाउँपालिका–४ कानाबगरका ३१ घर बगाएको छ।