नेभिगेशन
समाज

यलुङ रि हिमालमा बेपत्ता ५ जनाको ९ महिनापछि शव भेटियो

काठमाडौँ । दोलखाको यलुङ रि हिमाल आरोहणका क्रममा बेपत्ता भएका ५ जनाको शव ९ महिनापछि  भेटिएको छ। 
गत वर्षको कात्तिक १७ गते दोलखका गौरीशंकर गाउँपालिका ९ रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा ५ जना बेपत्ता भएका थिए ।

गत कार्तिकमा हिमाल आरोहणका लागि गएका नेपाली र विदेशी नागरिकसहितको १५ जनाको टोली हिमपहिरोमा परेका थिए।  त्यतिबेला ८ जनाको सकुशल उद्दार गरिएको थियो भने २ जना मृत भेटिएका थिए। 
मृत भेटिएका दुई नागरिकहरू एक जना फ्रान्सेली र एकजना इटालियन थिए। बाँकी ५ जना बेपत्ता भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्स्पेक्टर सन्तोषकुमार खड्काका अनुसार शुक्रबार ५ जनाको शव भेटिएको हो । 

Ncell
Extreme Energy

प्रहरीका अुनसार भेटिएका शव मध्ये २ नेपाली छन् भने बाँकी तीन शवहरू  एक क्यानडेली, एक इटालियन र १ जना जर्मन नागरिकका हुन्। 
शव भेटिएका दुई नेपालीहरु दोलखाको गौरीशंकरकै पदम तामाङ र सोलुखुम्बुका मेरे कार्की रहेको इन्स्पेक्टर खड्काले बताए। 
भेटिएका सबै शव सोमबार हिमालबाट तल ल्याइएको प्रहरीले जनाएको छ । दुई शव आजै काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।
असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ गतेदेखि तीन दिनसम्म भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएको खबर भ्रामक रहेको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।
अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने प्रयास भएको भन्दै ओलीले त्यसलाई ‘अपराधपूर्ण क्रियाकलाप’ को संज्ञा दिए। केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमा गरिएको तर अब त्यस्तो नहुने उनले बताए।
बाढीले कानाबगरका ३१ घर बगायो (तस्बिरकथा)

बाढीले कानाबगरका ३१ घर बगायो (तस्बिरकथा)

गत आइतबार निसीखोलामा आएको बाढीले निसीखोला गाउँपालिका–४ कानाबगरका ३१ घर बगाएको छ।