नेभिगेशन
समाज

डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रवर्द्धन गरेको दुग्ध विकास संस्थानले आक्रामक बजार विस्तार गरेको छ । 

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको नेतृत्वमा रहेको डिडिसीले एकातिर आक्रामक व्यापार गरिरहेको छ भने अर्कोतिर किसानको भुक्तानी धमाधम गरिरहेको छ । बाँकी रहेको वक्यौता पनि धमाधम तिरिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कृषि मन्त्रालयकाअनुसार डिडिसीले आक्रमक बजारीकरण तथा संस्थानमा रहेको मौज्दातको खपतबाट सृजित बिक्री आम्दानीबाट तीन महिनामा कृषक भुक्तानीलाई ७२ करोडबाट करिब ३५ करोडमा सीमित गरेको छ । भुक्तानीलाई अझै थप सुधार गरी ७ महिनासम्मको भुक्तानी दुरीलाई २-३ महिनामा ल्याइ सकिएको र सो लाई अझै एक महिनामा झार्ने लक्ष्य अनुरुप कार्य भैरहेको मन्त्रालयले जनाएको छ । 

Ncell
Extreme Energy

मन्त्रालयकाअनुसार यो बीचमा धुलो दुध ६०० मेट्रिक टन र मखन ४५० मेट्रिक टन मौज्दात रहेकोलाई खपत गराई बिक्री आम्दानी बढाइएको छ । 

यसैगरी दैनिक बिक्री आम्दानीलाई ६० लाख दैनिकबाट ९० लाख पुर्याउन सफल भएको छ । यसबाट आएको थप रकमलाई सत्प्रतिशत कृषक भुक्तानीमा लगाइएको छ । 

संस्थानका अनिवार्य बाहेकमा अन्य खर्चहरुलाई न्युनिकरण गरि कृषक भुक्तानीमा प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । 

यसैगरी निजी क्षेत्रसँगको समन्वयमा काठमाडौं उपत्यकामा ८ वटा डेडिकेटेड सेल्स काउन्टर खोलिएको छ । 

बाँकी बक्यौता असुलीमा दृढता तथा कठोरताका साथ लागि रकम उठाइएको छ । 

कर्मचीहरुलाई दिइँदै आइएको सहुलियत दुध तथा घ्यूको सुविधालाई कटौती गरि बार्षिक ३ करोडको अतिरिक्त बचत गरिएको छ । 

यस विचमा नेपाल सरकारबाट कुनै पनि किसिमको सहुलियत कर्जा तथा अनुदानहरु नलिएको र संस्थानको आन्तरिक सुधार तथा आक्रमक वजारीकरणबाट नै कृषक भुक्तानीलाई सहजिकरण गरिएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।
असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ गतेदेखि तीन दिनसम्म भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएको खबर भ्रामक रहेको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।
अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने प्रयास भएको भन्दै ओलीले त्यसलाई ‘अपराधपूर्ण क्रियाकलाप’ को संज्ञा दिए। केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमा गरिएको तर अब त्यस्तो नहुने उनले बताए।
बाढीले कानाबगरका ३१ घर बगायो (तस्बिरकथा)

बाढीले कानाबगरका ३१ घर बगायो (तस्बिरकथा)

गत आइतबार निसीखोलामा आएको बाढीले निसीखोला गाउँपालिका–४ कानाबगरका ३१ घर बगाएको छ।