नेभिगेशन
नेताका कुरा

‘इन्टर्न डाक्टरको दुःखलाई सरकारी र निजी भनेर विभेद नगरौँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले इन्टर्न डाक्टरलाई सरकारी र निजी मेडिकल कलेजका आधारमा विभेद गर्न नहुने बताएकी छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुलुकबाट डाक्टर पलायन भइरहेको अवस्थामा चिकित्सकलाई स्वदेशमै टिक्न सक्ने वातावरण बनाउनुपर्ने बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘एउटा विद्यार्थी एमबीबीएस पढेर निस्कँदा लाखौँ खर्च हुन्छ । इन्टर्न डाक्टरले निजी मेडिकल कलेजमा सरदर १० हजार र सरकारी मेडिकल कलेजमा सरदर २४ हजार पेरिफेरी पाएको अवस्था छ,’ उनले भनिन्, ‘निजी र सरकारी मेडिकल कलेजले एउटै मापदण्ड बनाउन त्यति प्राक्टिकल नहोला, तर यति धेरै अन्तर हुनु पनि स्वाभाविक र न्यायोचित होइन ।’

Ncell
Extreme Energy

उनले इन्टर्न डाक्टरको पारिश्रमिकमा देखिएको विभेद हटाउन सरकारले स्पष्ट कार्यविधि बनाएर कार्यान्वयन गर्नुपर्ने बताइन् ।

‘कम्तीमा दुःख र अपमानलाई सरकारी र निजी नबनाऔँ । इन्टर्न डाक्टरलाई कतिसम्म पे गर्ने भन्ने स्पष्ट कार्यविधि बनाऔँ र कार्यान्वयनमा लैजाऔँ,’ धितालले भनिन् ।

निजी मेडिकल कलेजहरूले सरकारले तोकेको व्यवस्था आफूहरूले पालना गरिरहेको बताउने गरेको उल्लेख गर्दै उनले सरकारलाई आफ्नै प्रतिबद्धता पूरा गर्न आग्रह गरिन् ।

‘निजी मेडिकल कलेज भन्छ, सरकारले भनेको कुरा हामीले मानिराखेका छौँ । अनि सरकारले आफैँले गरेको वाचा पूरा गर्नुपर्दैन?’ उनले प्रश्न गरिन् ।

डाक्टर पलायनको समस्या गम्भीर बन्दै गएको भन्दै धितालले चिकित्सकलाई स्वदेशमै टिकाउन राज्यले सुरक्षा र सम्मानको वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

‘सहकार्य र जिम्मेवारीमा समान बनाऔँ । चिकित्सा शिक्षा सेवा हो । सेवा गर्नेलाई राज्यको सुरक्षा पनि चाहिन्छ, सेक्युरिटी दिन पनि सक्नुपर्छ,’ उनले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै