नेभिगेशन
नेताका कुरा

प्रदेश सरकार बाँडफाँटमा ओली–प्रचण्डको फेरि पाँच बुँदेमा हस्ताक्षर

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ । दुई दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार प्रदेश सरकार गठनदेखि मन्त्रालय बाँडफाँट र सत्ता सञ्चालनसम्मका विषयमा आपसी समझदारी कायम गर्ने आधार तय गरिएको हो ।

सहमति पत्रमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा रहेका दलहरूको सिट संख्यालाई मुख्य आधार मानिने उल्लेख छ । प्रदेश सरकार गठन तथा सञ्चालनमा दुई दलबीच सहकार्य गर्ने र त्यसलाई स्थायित्व दिने उद्देश्यसहित पाँच बुँदामा सहमति गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहमतिको दोस्रो बुँदामा मन्त्रालय बाँडफाँट गर्दा प्रदेशसभामा रहेका दलहरूको सदस्य संख्याको अनुपातलाई आधार मान्ने उल्लेख छ । साथै मुख्यमन्त्री र सभामुखको जिम्मेवारीसमेत समग्र शक्ति सन्तुलनलाई ध्यानमा राखेर निर्धारण गरिने सहमति भएको छ ।

Ncell
Extreme Energy

मन्त्रालयमा पालैपालो प्राथमिकता

मन्त्रालय बाँडफाँट गर्दा पालैपालो प्राथमिकता दिने व्यवस्था अपनाउने सहमति दुई दलले गरेका छन्। पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्ने र त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय छनोट गर्ने व्यवस्था गरिएको छ ।

त्यसपछि यही क्रम पालैपालो दोहोर्‍याउँदै सबै मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ ।

सहमति अनुसार दुई दलले मात्रै आवश्यक संख्या नपुगेको प्रदेशमा तेस्रो दललाई समेत सरकारमा सहभागी गराउँदा आपसी समझदारीका आधारमा मन्त्रालय बाँडफाँट गरिनेछ । बाँकी मन्त्रालयका हकमा माथि उल्लेखित प्रावधानलाई आधार बनाइनेछ ।

साझा प्रतिबद्धता सार्वजनिक गर्ने

दुई दलले संघीयताको प्रवद्र्धन, प्रदेशमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्रता दिन न्यूनतम साझा प्रतिबद्धता निर्माण गरी सार्वजनिक गर्ने सहमति पनि गरेका छन् ।

त्यसैका आधारमा प्रदेश सरकारले आफ्ना काम अघि बढाउने उल्लेख छ ।

सहमति पत्रमा प्रदेश सरकारमा सहकार्य गर्दै जाँदा दुई दलबीचको समझदारी थप सुदृढ गर्ने र सहकार्यलाई दीगो बनाउने उद्देश्यलाई प्राथमिकता दिइएको छ ।

सहमति पत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।

यस सहमतिले प्रदेश सरकार गठन र सञ्चालनमा देखिँदै आएको सत्ता समीकरणलाई दुई दलबीचको सिट संख्या तथा शक्ति सन्तुलनका आधारमा व्यवस्थापन गर्ने ढाँचा अघि सारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै