नेभिगेशन
समाज

बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

काठमाडौँ । हेलिकोप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो । 
    
बडीमालिका बाजुरा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हो । बडीमालिका मन्दिर समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले साउन ८ गते बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएपछि नेपाल टेलिकमले उपकरण जडानमा सक्रियता देखाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सञ्चारमन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग त्यहाँ आवश्यक पर्ने दूरसञ्चार पूर्वाधार, सम्भावित जडानस्थल र सडक सञ्जालको अवस्थाबारे समेत छलफल गरेका थिए । 

Ncell
Extreme Energy

भौगोलिक कठिनाइका कारण सडकमार्फत उपकरण तथा सामग्री पुर्याउन सम्भव नदेखिएपछि हेलिकोप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाउन उनले निर्देशन दिएका थिए । 

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको जानकारी दिए । 

सामग्री ढुवानी, जनशक्ति व्यवस्थापन तथा स्थानीय तहबाट गर्न सकिने आर्थिक र अन्य सहयोगका विषयमा बडीमालिका तथा त्रिवेणी नगरपालिकाका प्रमुखसँग छलफल भइरहेको बताइन्छ । जडानस्थलमा आवश्यक सामग्री पुगेको करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले यसअघि साउन महिनाभित्रै बडीमालिकामा सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो । प्रारम्भिक रूपमा साउन ३० गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य रहे पनि प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण केही समय थप लाग्ने भएको बुझिन्छ ।

सरकारले देशका दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । दुर्गम भूगोलमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको योजनाअनुसार बडीमालिका मन्दिर क्षेत्रमा तत्काल फोर–जी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर–जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको टेलिकमले जनाएको छ ।

यसअघि नै केही उच्च हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तारको काम अघि बढिसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित लहान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार ९०० मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार ४०० मिटर उचाइमा फोर–जी सेवा सुरु भइसकेको छ ।

देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा समेत सेवा विस्तार गर्ने सरकारको योजना छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यअनुसार दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो ।

हाल देशभर दूरसञ्चार सेवाको पहुँच तथा गुणस्तर विस्तारका लागि करिब एक हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै करिब रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।- रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।